0 प्रतिक्रिया
याङवरकमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, थर्पु मावि प्रथम
AI सारांश
Fast AI१. पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. ३ ओयामस्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित १६ औँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
२. थर्पु माध्यमिक विद्यालयले १४ स्वर्ण, ९ रजत र ८ कास्य गरी जम्मा ३१ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
३. आयोजक गुप्तेश्वर माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ५ कास्य गरी १८ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ।
पाँचथर-पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. ३ ओयामस्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित १६ औँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर नुगोको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा याङवरक गाउँपालिका अध्यक्ष भिम बहादुर योङ्याको प्रमुख आतिथ्यता रहेको थियो। उपाध्यक्ष बाबा मेन्याङ्बो, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलको विशेष आतिथ्यता तथा सम्पूर्ण वडाध्यक्ष र आमन्त्रित अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगितामा थर्पु माध्यमिक विद्यालय, थर्पुले १४ स्वर्ण, ९ रजत र ८ कास्य गरी जम्मा ३१ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ। आयोजक गुप्तेश्वर माध्यमिक विद्यालय, ओयामले ७ स्वर्ण, ६ रजत र ५ कास्य गरी १८ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ।
त्यस्तै, सिरिसे माध्यमिक विद्यालयले ४ स्वर्ण, १० रजत र ६ कास्य गरी २० पदकसहित तेस्रो स्थान हासिल गरेको छ। गणेश माध्यमिक विद्यालय, नागी २ स्वर्ण पदकसहित चौथो स्थानमा रह्यो।
नारायणी माध्यमिक विद्यालय, गंगावाले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदकसहित पाँचौँ स्थान हासिल गर्दा बुद्ध माध्यमिक विद्यालय, नाम्रेक १ स्वर्ण पदकसहित छैटौँ, सिंहकाली आधारभूत विद्यालय, तिमतिम्बु १ स्वर्ण पदकसहित सातौँ स्थानमा रह्यो।
विष्णु माध्यमिक विद्यालय, च्याङ्थापुले ३ रजत र ५ कास्य गरी ८ पदकसहित आठौँ, सिद्धेश्वरी आधारभूत विद्यालयले १ रजत र १ कास्य गरी २ पदकसहित नवौँ तथा बुद्ध आधारभूत विद्यालय, फाक्लुङले १ कास्य पदकसहित दशौँ स्थान प्राप्त गरेको छ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा लुकेका खेल प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









