- Home
- Showing Post From:-राजनीति
राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।
विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०७ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन् । आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।
मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ ।
यस अघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार शनिबार साँझ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेका महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए ।
आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने …
सञ्जय मिश्रा, रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी रौतहटको आयोजनामा गरुडा नगरपालिका–५ महम्मदपुरस्थित गोपाल सेवा समिति धर्मशालामा पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा एकिकृत समावादी, नेकपा माओवादी लगायत दलबाट दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन । बिभिन्न कारण देखाउँदै पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन ।
माधवनारायण नगरपालिका–२ का पूर्व …
राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताउनु भयो । भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताउनु भयो । केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस …
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । ‘नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका …
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ्ग र गणेश हमाल रहेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् ।
महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।
काठमाडौँ । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।
एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन् ।
सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।
उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा …
बिशाल बस्नेत/न्युज कारखाना
२५ भदौ, महोत्तरी
मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?
मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।
यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम चासो वनेको छ ।
नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।
१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको …