Comments Add Comment

स्वास्थ्य

List Grid
११ ब्राण्डका पानीमा कोलिफर्म, विक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।
विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ । यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ । 
भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक …

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

सञ्जय मिश्रा, रौतहट । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।
हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।  वडा नम्बर ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
प्रमुख जिल्ला …

बच्चाहरुका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?

काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन्।
जन्मको पहिलो दिनदेखि छ महिनासम्म बच्चालाई चाहिने सबै पोषक तत्व आमाको दूधमा पाइन्छ । त्यसैले, यो अवधिमा बच्चाहरूको लागि स्तनपान धेरै महत्त्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । त्यसपछि ६ महिनादेखि १२ महिनासम्मको अवधिमा बच्चालाई चाहिने पोषक तत्वमध्ये आधा आमाको दूधबाट प्राप्त हुन्छ …

आयुर्वेदिक उपचारमा बिरामीको रुचि बढ्दो

रमेश थापा
पाँचथर-पछिल्लो समय आयुर्वेद स्वास्थ्य प्रति नागरिकको आकर्षण बढ्न थालेको छ। कम खर्चमा भरपर्दो उपचार सेवा पाउने भएकाले जिल्ला आयुर्वेद केन्द्र पाँचथरमा बिरामीको आकर्षण बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो। आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि पाँचथरमा भने आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ।
दैनिक जसो डेढ सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेको आयुर्वेद जिल्ला स्वास्थ्य केन्द्र पाँचथरले जनाएको छ। बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ। उपचारमा आउने बिरामीलाई …

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

काठमाडौँ । यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो । हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि हुन सक्छ, तर प्रकृतिबाट होइन । जुनसुकै हावापानी र परिवेशमा प्रकृतिले खाने र पिउनका लागि स्वस्थकर खानेकुरा मात्र बढाउँछ ।
हरेक मौसममा हाम्रो आवश्यकता अनुसार फलफूल र तरकारी उत्पादन हुन्छ । गर्मी मौसमी फलफूलको सूची बनाइयो भने खरबुजा, आँप र बेल शीर्षमा हुनेछ । यस रिपोर्टमा गर्मी दिनमा बेलको सेवनले हुने फाइदा बारे बताउदै छौं ।
आयुर्वेदिक औषधिहरूमा बेलका प्रायः सबै भागहरू- …

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

सिन्धुली- क्याप परियोजना अन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन्।
शुक्रबार गोलन्जोर गाँउपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समयदेखि फोहोर डम्पिङसाइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सफा गरेका छन्।
क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक (युथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दाबढी सहभागीहरूले सरसफाई अभियानमा सहभागिता जनाएका थिए। ‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ …

कुम्मायक आधारभूत अस्पताल सुचारु, स्वास्थ्य क्षेत्रको सुधार गर्ने मन्त्री कार्कीको उद्घोष

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको ‘कुम्मायक आधारभूत अस्पताल (१५शैयाको) अस्पताल संचालनमा आएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरे संगै अस्पताल संचालनमा आएको हो । संघीय सरकारले हरेक स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण योजना अन्तरर्गत गाउँपालिकाको आधारभूत अस्पताल उद्घाटन गरिएको थियो। मन्त्री कार्कीले असारमा प्रदेश सरकारले बजेट ल्याउने तयारी गर्दै गरेको र सोही बजेटमा कुम्मायक आधारभूत अस्पताललाई ब्यवस्थित गर्न प्राथमिकता दिने आश्वसन दिए। उनले आधारभूत अस्पताल संचालन गर्नको लागि आवश्यक पर्ने दक्ष जनशक्ती र उपकरण सहयोगमा पहल गर्ने बताए। ‘अहिले ग्रामिण …

दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ

काठमाडौँ । युनिसेफले हालै दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गरिरहेको जनाएको छ ।
भारतको राजधानी दिल्लीलगायत देशका उत्तरी राज्यहरूमा तापक्रम ४३ देखि ४७ डिग्री सेल्सियस पुगेको छ । देशमा गर्मीको चेतावनी जारी गरिएको छ । पाकिस्तानको मौसम विभागले पनि २३ देखि २७ मेसम्म कडा गर्मीको लहर जारी रहने चेतावनी दिएको थियो । पाकिस्तानी प्रान्त पञ्जाबमा २५ देखि ३१ मेसम्म विद्यालय बन्द गरिएको छ । युनिसेफका अनुसार दक्षिण एसियामा पाराको बढ्दो स्तरले लाखौं बालबालिकाको स्वास्थ्यलाई खतरामा पार्न सक्छ।
युनिसेफले बालबालिकालाई गर्मीको असरबाट जोगाउन प्रशस्त पानी पिउनुपर्ने बताएको छ । …

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८: ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।