Comments Add Comment

सुचना प्रबिधी

List Grid
एआई सम्बन्धी तीन दिने तालिम विहिबारदेखी विराटनगरमा शुरु

पाँचथर । एआई सम्बन्धी तीन दिने तालिम चैत्र २८ गते विहिबारदेखी विराटनगरमा शुरु भएको छ।
सञ्चारिका समुह कोशी प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरुका लागि कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) सम्बन्धी तिन दिने तालिम शुरु गरेको हो । तालिम कार्यक्रम बिराटनगरको एयरपोर्ट लाइन नजिकै होटल एसियनटिक को सभाहलमा सञ्चालन भइरहेको छ।
तालिम अगामी दुई दिनसम्म सञ्चालन हुने छ। यस तालिममार्फत पत्रकारितामा एआई प्रविधिको प्रयोग, डिजिटल माध्यममा यसको प्रभाव, सुरक्षा र उपायहरु तथा सामाग्री निर्माणमा यसको सम्भाव्य उपायहरुबारे सिकाइदैछ ।
महिला पत्रकारहरुलाई प्रविधिमा सक्षम बनाउने उदेश्यले यो तालिमको आयोजना गरेको सञ्चारिका समुह कोशी प्रदेशले जनाएको छ।
तालिममा …

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
बुधबार बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले राखेको अस्वीकृतको प्रस्ताव बुहमतले अस्वीकृत गर्दै अध्यादेश स्वीकृत गरेको हो ।
सांसद जोशीले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव अस्वीकृत गर्‍यो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षीदलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश …

बैज्ञानिकहरूले भेटाए १२ लाख बर्ष पुरानो बर्फको टुक्रा

काठमाडौं, २७ पुस । के तपाईंलाई थाहा छ कि पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण अब बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् ।
यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डल बुझ्न मद्दत गर्ने जनाइएको छ ।
यो ऐतिहासिक आविष्कारमा इटालीका अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले कडा मिहिनेत गरेका छन्, जसले ‘बियोन्ड एपिका’ नामक परियोजना अन्तर्गत यो काम गरिरहेका हुन् । यो अभियानले युरोपेली संघ र अन्य युरोपेली देशहरूको …

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

नयाँ दिल्ली-  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। 
आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। 
भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउनेवाला पनि छ।
इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।
विशेष …

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं, २८ मंसीर । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुदैँछ 
सदस्यता बिबादका कारण  पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो।
आगामी तीन बर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहवाट उम्मेदवारी दिएका हुन। सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन्। 
यसैगरी, बरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीवाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन्। 
महिला उपाध्यक्षमा नीत पौडेल …

स्मार्ट बोक्ने सबैको गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ?

काठमाडौं, २६ मंसीर । गुगल तपाईको स्थान ट्र्याक गर्न जीपिएसमा मात्र भर पर्दैन। 
धेरै स्मार्टफोन प्रयोगकर्ताहरूलाई थाहा छैन कि उनीहरूको एन्ड्रोइड उपकरणहरूले विभिन्न इनबिल्ट एपहरू मार्फत स्थान डेटा पनि सङ्कलन गर्दछ। यो प्रविधिले वाइफाइ नेटवर्क, सेल टावर र ब्लुटुथ जस्ता माध्यमहरू प्रयोग गरेर तपाईंको सही स्थान पत्ता लगाउँछ।
तपाईंको गोपनीयता यस ट्र्याकिङबाट प्रभावित हुन सक्छ, तर यसलाई सीमित गर्न गुगल खाता र उपकरण सेटिङहरूमा केही परिवर्तनहरू गर्न सकिन्छ। आउनुहोस्, यसलाई रोक्ने उपायहरू बताऔं।
वाइफाइ स्थिति
गुगलले वाइफाइ नेटवर्कहरूबाट सिग्नल डेटा प्रयोग गर्दछ, जुन तपाईंको उपकरणमा जडान गरिएको छ वा पत्ता लगाउँदछ। सिग्नल बलको आधारमा, …

नेपालले एआईमा लगानी नगरे पछाडि पर्ने चेतावनी

ललितपुर, २१ मंसीर । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन् ।
सानेपा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा भएको कलेजका शिक्षक तथा विद्यार्थीहरूसँगको छलफल कार्यक्रममा भारतको मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका उनले अहिलेको समय सूचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेकोले यस विषयमा नेपालीहरु गम्भीर हुन सुझाए ।
संसारका प्रायः सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै …

पाँचथरमा विद्युतीय सरकारी खरिद ( ई – जिपी) प्रणाली सम्बन्धी तालिम सम्पन्न

मनोज थापा
पाँचथर, १७ मंसिर २०८१: पाँचथरको सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम शनिबार सम्पन्न भएको छ। उक्त तालिम सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना र नेपाल निर्माण व्यवसायी महासंघ पाँचथरको व्यवस्थापनमा भएको हो।
तालिममा ५० जनाले सहभागिता जनाएका थिए, जसमा कार्यालयका कर्मचारी र निर्माण व्यवसायीहरू सहभागी थिए। सार्वजनिक खरिद अनुगमन कार्यलयका निर्देशक इन्द्र प्रसाद मैनालीले तालिमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै सहभागीहरूलाई ई–जीपी प्रणालीको प्रभावकारी उपयोगको बारेमा जानकारी दिएका छन्।
तालिमको सहजिकरण निर्देशक इन्द्र प्रसाद मैनाली र आईटी हेड निर्मल लामाले गरेका थिए। यस अवसरमा फिदिम नगरपालिकाका नगर प्रमुख …

पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

सुवास दर्नाल

सोलुखुम्बु, १३ मङ्सिरः जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ। नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो।
पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना
समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका …