- Home
- Showing Post From:-सुचना प्रबिधी
सुचना प्रबिधी
पाँचथर- नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले जिल्लामा नयाँ र सिर्जनात्मक अभ्यासको थालनी गर्दै आफ्नो प्रथम घुम्ती बैठक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुम्मायक माङ्हिम (मन्दिर) परिसरमा सम्पन्न गरेको छ।
मिति २०८२ साल पुस ०५ गते सम्पन्न उक्त बैठकमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।
कुम्मायक गाउँपालिका वडा नं. १, ४ र ५ को संगमस्थलमा अवस्थित कुम्मायक माङ्हिम किरात धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका साथै सम्भावनायुक्त धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। सोही स्थलमा महासंघ पाँचथर शाखाको कार्यसमितिको घुम्ति बैठक शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पत्रकार महासंघका पदाधिकारी तथा …
रमेश थापा, पाँचथर
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका पहिलोपटक सञ्चार ऐन निर्माणको प्रक्रियामा अघि बढेको छ। स्थानीय सञ्चारमाध्यम तथा पत्रकारहरूको समस्या र अधिकारलाई सम्बोधन गर्ने उद्देश्यले पालिकाले ऐन निर्माणको तयारी थालेको हो।
गाउँपालिकामा सञ्चारसम्बन्धी स्पष्ट कानुनी संरचना नहुँदा विविध समस्याहरू देखिएको भन्दै पालिकाले पत्रकारहरूसँग प्रत्यक्ष छलफल शुरु गरेको छ। यही सन्दर्भमा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। समितिमा फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती, पत्रकार महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतम, स्थानीय सञ्चारकर्मी कुमार खड्का र इवारा जबेगु सदस्य रहेका छन्। समितिले ऐन निर्माणमा समन्वयकारी भूमिका खेल्नेछ।
गाउँपालिकाका …
काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका हुन्। उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रुपमा ब्रान्डिङ गर्नुपर्छ । रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्यो । कुन कुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रुपमा देखिनेगरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ । जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ ।’
पाँचथर । एआई सम्बन्धी तीन दिने तालिम चैत्र २८ गते विहिबारदेखी विराटनगरमा शुरु भएको छ।
सञ्चारिका समुह कोशी प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरुका लागि कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) सम्बन्धी तिन दिने तालिम शुरु गरेको हो । तालिम कार्यक्रम बिराटनगरको एयरपोर्ट लाइन नजिकै होटल एसियनटिक को सभाहलमा सञ्चालन भइरहेको छ।
तालिम अगामी दुई दिनसम्म सञ्चालन हुने छ। यस तालिममार्फत पत्रकारितामा एआई प्रविधिको प्रयोग, डिजिटल माध्यममा यसको प्रभाव, सुरक्षा र उपायहरु तथा सामाग्री निर्माणमा यसको सम्भाव्य उपायहरुबारे सिकाइदैछ ।
महिला पत्रकारहरुलाई प्रविधिमा सक्षम बनाउने उदेश्यले यो तालिमको आयोजना गरेको सञ्चारिका समुह कोशी प्रदेशले जनाएको छ।
तालिममा …
काठमाडौं । प्रतिनिधि सभा बैठकबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
बुधबार बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले राखेको अस्वीकृतको प्रस्ताव बुहमतले अस्वीकृत गर्दै अध्यादेश स्वीकृत गरेको हो ।
सांसद जोशीले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव अस्वीकृत गर्यो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षीदलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश …
काठमाडौं, २७ पुस । के तपाईंलाई थाहा छ कि पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण अब बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् ।
यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डल बुझ्न मद्दत गर्ने जनाइएको छ ।
यो ऐतिहासिक आविष्कारमा इटालीका अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले कडा मिहिनेत गरेका छन्, जसले ‘बियोन्ड एपिका’ नामक परियोजना अन्तर्गत यो काम गरिरहेका हुन् । यो अभियानले युरोपेली संघ र अन्य युरोपेली देशहरूको …
नयाँ दिल्ली- भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ।
आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो।
भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउनेवाला पनि छ।
इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।
विशेष …
काठमाडौं, २८ मंसीर । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुदैँछ
सदस्यता बिबादका कारण पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो।
आगामी तीन बर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहवाट उम्मेदवारी दिएका हुन। सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन्।
यसैगरी, बरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीवाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन्।
महिला उपाध्यक्षमा नीत पौडेल …
काठमाडौं, २६ मंसीर । गुगल तपाईको स्थान ट्र्याक गर्न जीपिएसमा मात्र भर पर्दैन।
धेरै स्मार्टफोन प्रयोगकर्ताहरूलाई थाहा छैन कि उनीहरूको एन्ड्रोइड उपकरणहरूले विभिन्न इनबिल्ट एपहरू मार्फत स्थान डेटा पनि सङ्कलन गर्दछ। यो प्रविधिले वाइफाइ नेटवर्क, सेल टावर र ब्लुटुथ जस्ता माध्यमहरू प्रयोग गरेर तपाईंको सही स्थान पत्ता लगाउँछ।
तपाईंको गोपनीयता यस ट्र्याकिङबाट प्रभावित हुन सक्छ, तर यसलाई सीमित गर्न गुगल खाता र उपकरण सेटिङहरूमा केही परिवर्तनहरू गर्न सकिन्छ। आउनुहोस्, यसलाई रोक्ने उपायहरू बताऔं।
वाइफाइ स्थिति
गुगलले वाइफाइ नेटवर्कहरूबाट सिग्नल डेटा प्रयोग गर्दछ, जुन तपाईंको उपकरणमा जडान गरिएको छ वा पत्ता लगाउँदछ। सिग्नल बलको आधारमा, …









