- Home
- Showing Post From:-समाचार
समाचार
भोजपुर, २७ असोजः भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।
विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताउनुभयो । “यो हाम्रो पूर्खौली पेसा हो” उहाँले भन्नुभयो,“तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।”
गाउँघरमा पाइने गोगुन, …
फिक्कल (इलाम), २७ असोज : गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।
उहाँका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । “सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन”, प्रजिअ नेपालले भन्नुभयो ।
सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा …
पाँचथर, २७ असोजः पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनीयर मुकेश शाहले जानकारी दिनुभयो ।
यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ …
ढोरपाटन (बागलुङ), १० असोजः निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्याउँदै आउनुभएको छ ।
पछिल्लो पाँच वर्षयता भने आयाति रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ । दसैँ आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो ।
“एक दशकअघिसम्म दसैँका बेला करिब १०० घरमा …
मुस्ताङ, १० असोजः यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।
केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका …
रमेश थापा
पाँचथर- कुम्मायक गाउँपालिकामा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको भन्दै स्थानीय राजनीतिक दलहरूले गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
कांग्रेस, एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी र संयुक्त पहिचानवादी मोर्चा गरी छ दलहरूले दुई पृष्ठ लामो ११ बुँदे ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाएका हुन्। उनीहरूले सुशासन र समृद्धिको पक्षमा उभिँदै बेथिति अन्त्य गर्न सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका छन्।
दलहरूले नीतिगत भ्रष्टाचार बढेको, कानुन विपरीत कर्मचारीलाई आवास सुविधा उपलब्ध गराइएको, सरकारी सवारी साधनको दुरुपयोग गरिएको भन्दै तत्काल यस्ता गतिविधि रोक्न माग गरेका छन्। “गाउँपालिकाले आयस्रोत बढाउने उपाय खोज्नुको सट्टा कर्मचारी आवासमै लाखौँ …
फुङ्लिङ (ताप्लेजुङ), २९ भदौः सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ।
स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ।
मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन्। “एउटा माउ र दुई …
इवारा जवेगु लिम्बु ,
पाँचथर । लिम्बू पत्रकार संघ इलामको चौथो अधिबेशन भदौ १७ गते मंगलबार सम्पन्न भएको छ ।
लिम्बू पत्रकार संघ, इलामको आयोजनामा भदौ १७ गते चौथो अधिवेशन सम्पन्न भएको हो । उक्त अधिबेशनबाट शुशिल मोरोहाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । समितिको अध्यक्षमा मोरोहाङसंगै उपाध्यक्षमा सृष्टि कुरुम्बाङ , सचिवमा सरोज जवेगु लिम्बू, सह– सचिवमा नविन फागो र कोषाध्यक्ष ऐनकला नेम्बाङ हुनुभएको छ ।
यस्तै सदस्यहरुमा अनिता जवेगु, संगीता लिम्बू, पूजा राई (लिम्बू ) र अनुपहाङ लिम्बू गरी ९ सदस्यीय समिती निर्वाचित भएको हो ।
प्रदेश अधिबेशन प्रतिनिधीमा रेखा बेघा, भिमसेन …
काठमाडौँ, १८ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी …