Comments Add Comment

बिजनेश

List Grid
पेट्रोलियम पदार्थको मुल्य बृद्दी, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

काठमाडौं, १८ माघ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ ।
भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढेको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ …

सहकारीका पदाधिकारीको पदभार ग्रहण, व्यावस्थित रूपमा संस्था संचालन गर्न सुझाव

रमेश थापा
पाँचथर- हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा तथा ५ औँ अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आइतबार यासोक बजारको उद्योग बाणिज्य संघ शाखा कार्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाका नवनिर्वाचित संचालक समितिका र लेखा समितिका पदाधिकारीहरूको पदभार ग्रहण गरिएको हो। सोही अवसरमा नव निर्वाचित समितिका अध्यक्ष मेघराज निरौलाले सहकारी स्थापना र वर्तमान अवस्था साथै आगामी योजनाको विषयमा प्रकाश पार्नुभएको थियो।
उहाँले संस्थाको दिगो विकाशको लागि संचालक समिति र सेयर सदस्यहरू एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। सोही अवसमा नेपाल कम्युनिस्ट पाटी एकिकृत समाजवादी …

रोकिएको सहकारीको साधारण सभा २० गते हुने

रमेश थापा
पाँचथर: हाम्रो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा पुष २० गते हुने भएको छ। पुष १२ गते भएको साधारण सभा र अधिवेशनले सार्वजनिक गरेको प्रतिवेदन पारित नभएपछि साधारण सभा स्थगित भएको थियो। प्रतिवेदनमा देखिएको प्राविधिक समस्या समाधानसंगै सहकारीको १५ औं साधारण सभा र ५ औं अधिवेशन पुष २० गते शनिबार हुने सहकारीका सचिव केन्द्र प्रकाश बरालले जानकारी दिए।
सहकारीको सधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा समस्या भएको भन्दै सेयर सदस्हयरुले साधारण सभा र अधिवेशन स्थगित गर्न सुझाव दिएपछि सहकारीको साधारण सभा रोकिएको थियो।

नेपाल र कोरियालीबिचमा व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

दक्षिण कोरिया, ४ पुस । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ । 
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
यस अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको त्क्ष्एँ सम्झौताले दुई देश बीचको कुटनितीक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने …

एक करोडको चाँदीसहित बारामा एक पक्राउ

काठमाडौं – बाराबाट ठूलो परिमाणमा चाँदीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन्।
प्रदेश ०३-००५प ३२६ नम्बरको स्कुटरमा वीरगन्जबाट हेटौंडा जाँदै गरेका सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको साथबाट ६० किलो चाँदीको धुलो बरामद भएको छ। बरामद चाँदीको अन्दाजी बजार मूल्य एक करोड दुई लाख रहेको छ।
स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर सोनारले चाँदी तस्करी गरिरहेका थिए। उनले भारतबाट अवैध रुपमा चाँदी ल्याएका …

कुम्मायक गाउँपालिकामा पेट्रोल पम्प संचालन

रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–५ को भुल्केमा पेट्रोल पम्प संचालनमा आएको छ। कुम्मायक–५ को भूल्केको तमोर कोरिडोरमा स्थापना भएको किराँत पेट्रोल पम्प संचालनमा आएको पेट्रोल पम्प संचालक सुमन लामाले जानकारी दिनुभयो। सुनसरीको चतरादेखि पाँचथरको अमरपुर हेदै ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक अन्तरर्गत कुम्मायक गाउँपालिकाको भुल्केमा पहिलो पटक पेट्रोल पम्प संचालन आएको हो।
भुल्केमा पेट्रोल पम्प संचालन आएपछि तमोर कोरिडोरमा आवतजावत गर्ने यात्रु र कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका नागरिकलाई सहज हुने कुम्मायक गाउँपालिकाले जनाएको छ।

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

धरान (सुनसरी), १३ मङ्सिरः बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ।
उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। घर खर्च यसैबाट जुटाउने गरेको छु। धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ,  सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ।
थाङ्का चित्र अहिले धेरैजसो नेपाल …

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

फुङ्लिङ (ताप्लेजुङ), १२ मङ्सिरः फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन्। ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो।
इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन् । बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन्। मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताउनुभयो।
फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ। …

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ (स्याङ्जा), १२ मङ्सिरः ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन्। त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन्।
प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन्। विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ। पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ।
“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले …