Comments Add Comment

Uncategorized

List Grid
मछिन्द्र फुटवल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश

पाँचथर, २८ फागुनः
मछिन्द्र फुटवल क्लब काठमाडौं पाँचथरको फिदिममा जारी पाचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न सेमीफाइनल खेलमा पथरी–११ फुटवल क्लब मोरङलाई ३–१ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र फाइनलमा पुगेको हो। मछिन्द्रका लागि खेलको २३औं मिनेटमा विशाल घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनु भएको थियो। मध्यान्तरअघि १ गोलले पछि परेको पथरी पध्यान्तरपछि भने खेलमा फर्कियो । पथरीका लागि विदेशी खेलाडी अर्माण्ड बेडमले ६६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याउनु भएको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयतिर मछिन्द्र खेलमा फर्कियो। मछिन्द्रका …

हिल्स फुटबल एकेडेमी भारतलाई हराउँदै चर्च व्बाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

पाँचथर । पाहुना टोली हिल्स फुटबल एकेडेमी भारतलाई हराउँदै चर्च व्बाइज युनाइटेड पाँचथर गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
फिदिम मा.विको खेलमैदानमा आज फागुन २५ गते भएको दोस्रो क्वाटरफाइनलमा चर्च व्बाइजले हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो। चर्च व्बाइजका राज भुसाल, फोडे फोफोना र अभिषेक महतोले गोल गरे।
आफ्नो टिमलाई जित दिलाउन राज भुसालले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै विदेशी खेलाडी फोडे फोफोनाले आठौँ मिनेटमा र अभिषेक भुसालले खेलको ६४ औँ मिनेटमा समान एक एक गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा राज भुसाले पुनः एक गोल गरेका थिए।
खेलको म्यान अफ दि …

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने

काठमाडौँ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।
साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ। इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।
इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो …

धनुषामा समाजवादी प्रेस स‌‌गठन रित्तियो

काठमाडौं, २५ माघ । समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति नै प्रेस चौतारी नेपालमा फर्किएको छ।

प्रेस संगठन जिल्लाका सबै नेताहरू प्रेस चौतारी नेपालमा फर्किएको धनुषा, चौतारीले जनाएको छ। 
आइतबार प्रेस चौतारी नेपाल धनुषाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहितका पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका हुन। 
संगठनका जिल्ला इन्चार्ज रुपेश सिंह, सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको छ। उहाँहरूलाई संगठनका महासचिव हीरामान लामा, नेताहरू विश्वमणि सुवेदी लगायतले संगठनमा स्वागत गरेका थिए।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा …

एमाले नेता माधव ढुंगेलले भने, ‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासवाट घोक्रेठयाक लगाउनु नपरोस्’

काठमाडौं, २५ फागुन । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिए।
‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, उनले भनेका छन।

ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ …

अन्तर्राष्ट्रिय महिला दिवसको  अवसरमा ९९ जना महिला प्रहरी कर्मचारीहरु पुरस्कृत

मोरङ, फागुन २४ गते
११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत वहाँहरुलाई पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदिय …

‘ब्लू घोस्ट’ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ।
अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।
यो अन्तरिक्ष मिसनले लगभग एक महिनासम्म पृथ्वीको परिक्रमा गरेपछि चन्द्रमामा अवतरण गरेको थियो । १६ दिनसम्म चन्द्रमाको कक्षमा बसेपछि, यो मार्च २ मा सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो । फायरफ्लाइ एयरोस्पेस कम्पनीले एक विज्ञप्ति जारी गर्दै ब्लू …

फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण

रमेश थापा
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेना रणशेर गण फिदिमले फालेलुङ गाउँपालिका–६ स्थीत बरभञ्याङमा हेलिप्याड निर्माण हो। नागरिक र नेपाली सेनाको सम्बन्धलाई मजवुत बनाउँदै विपद् तथा आपतकालिन समयमा उद्धार कार्यलाई सहजीकरण गर्न हेलिप्याड निर्माण गरिएको रणशेर ओर्दिनका गणपति प्रमुख सेनानी निरज प्रताप जबराले जानकारी दिनुभयो।
गाउँपालिकाबासीले विपतजन्य घटना तथा अन्य प्राकृतिक प्रकोपको समयमा आपतकालिन उद्धार गर्न हेलिप्याड निर्माणको लागि माग गर्दै आएका थिए। स्थानीयको मागको आधारमा वडा कार्यालय र रणशेर गणको जनसक्ति परिचालन गरी संयुक्त रुपमा नाईट ल्यान्डिङ्ग सुविधा सहितको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निर्माण गरिएको …

फाइभ स्टार फुटवल क्लब च्याम्पियन

रमेश थापा
यासोक-पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ को मेहेलबोटेमा भएको अन्तर क्लब आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द–७ को फाइभ स्टार फुटबल क्लव जितेको छ। बिहिवार भएको फाइनल खेलमा आङसराङ सिस्नेरी फुटबल क्लवलाई ट्राइवेकरमा ५–४ को हराउँदै फाइभ स्टारले उपाधि कब्जा गरेको हो। उपाधि हात पारेको फाइभ स्टारले नगद ५१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र पायो। भने उपविजेता बनेको सिस्नेरीले ३१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो। प्रतियोगिताको विजेता र उपविजेता टोलिलाई गाउँपालिका अध्यक्ष वृजा आङदेम्बे, पुर्वराजदुत कान्ता रिजाल र वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले पुरस्कार वितरण …