Comments Add Comment

मनोरन्जन

List Grid
फिदिममा सम्पन्न साकेला कप प्रतियोगितामा फिदिम–३ का नाम्दावा टोलि प्रथम

पाँचथर। फिदिममा सम्पन्न पालिका स्तरीय साकेला कप प्रतियोगितामा फिदिम नगरपालिका–३ का नाम्दावा साकेला टोली प्रथम भएको छ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरको आयोजना र फिदिम नगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा नाम्दावा टोलीले प्रथम स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको हो।
प्रतियोगितामा फालेलुङ गाउँपालिका–६ का सुम्निमा पारुहाङ सांस्कृतिक समूह दोस्रो स्थानमा रहँदै नगद २५ हजार रुपैयाँ जित्न सफल भयो। त्यस्तै, तुम्मेवा गाउँपालिका–४ को यायोक्खा वडा समिति तेस्रो भई नगद २० हजार रुपैयाँ प्राप्त गरेको यायोक्खा जिल्ला अध्यक्ष गणेश साम्पाङले जानकारी दिनुभयो।

जिल्ला समन्वय समिति, फिदिमको प्राङ्गणमा आयोजित प्रतियोगिता किरात राई …

नया वर्षमा च्याङथापुमा दोस्रो लामपोखरी लालीगुरास महौत्सव हुदै

पाँचथर । नया वर्ष २०८२ को उपलक्ष्यमा यहि वैशाख १ गते याङवरक–१ च्याङथापुको लामपोखरी परीसरमा दोस्रो लामपोखरी लालीगुरास महोत्सव हुने भएको छ।
याङवरक गाउँपालिका १ नं वडा, च्याङपुद्धारा आयोजना गरिएको महोत्सवको प्रवर्द्धकमा याङवरक गाउँपालिका थर्पु , केचना कञ्चनजंघा पर्यटन विकास समिति इलाम र पर्यटन कार्यालय काकारभिट्टा झापा रहेका छन् ।
“कृषि, वन, पर्यटन प्रवर्द्धन समावेशी समाजको सृजना, समाजवाद उम्मुख दिगो विकास समृद्धि याङवरकको चाहना” भन्ने मुल नाराको साथ लामपोखरी परिसरको पर्यटन प्रवर्द्धन र विकासको लागि महोत्सव आयोजना हुन लागेको १ नं वडाका वडा सदस्य नरबहादु गुरुङले बताउनुभयो।
महोत्सवमा पर्यटन क्षेत्रको स्थलगत भ्रमण साथै …

फालेलुङ–३ मच्छेबुङ्मा ७ औँ फालेलुङ च्यालेन्ज कप अन्तरपालिका भलिबल हुदै

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ मच्छेबुङमा ७ औँ फालेलुङ च्यालेन्ज कप अन्तरपालिका आमन्त्रण भलिबल टुर्नामेन्ड हुने भएको छ।
जुनेली युवा क्लबकोे आयोजनामा सरस्वती मा.वी. को खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिता फागुन २७, २८ र २९ गते तिन दिनसम्म रहने छ। अन्तरपालिका स्तरीय भलिबल टुर्नामेन्टमा जम्मा ९ टिम सहभागी हुने छन्। जसमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिका, ताप्लेजुङको सिदिङवा गाउँपालिका, पाँचथरकै मिक्लाजुङ, हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका रहेका छन्। आयोजक जुनेली युवा क्लब, पाँचथरको पनि प्रतिस्पर्धा रहेने आयोजक क्लबका अध्यक्ष भक्त …

दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत्र १८ देखी

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ र ४ मा पर्ने थाप्लिटारको सिर्लिङगेमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत्र १८ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने भएको छ।
फागुन २० गते मंगलबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले सो कुराको जानकारी गराएको हो। “बचाऔ प्रकृती, प्रकृति प्यारी आमा हुन” भन्ने मूल नाराका साथ तिन सिमाना जनसेवा समाजको आयोजना र फालेलुङ गाउँपालिकाको प्रबद्धनमा फालेलुङ पर्यटन महोत्सव हुन लागेको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र सावदेनले बताउनुभयो। उहाँले स्थानीय कृषीजन्य बस्तु,जडिबुटीको प्रचार प्रसार गरी बजारिकरण गर्नका साथै क्रस बोर्डरमा टुरिजमको विकास गरी गाउँपालिकाको राजश्वमा बृद्धि गर्ने उदेश्य रहेको …

आज फिदिममा जोन एण्ड दि लोकल ब्याण्डको लाइर्भ कन्सर्ट

पाँचथर। “फर्कन्न होला”, “भनन् मात्र”, “साधना”, “हावाजस्तै मलाई” जस्ता चर्चित गितहरु आज साझ फिदिममा गुन्जदैँछ।
पछिल्लो समय युवा पुस्ताले निकै रुचाएका गायक जोन चाम्लिङ र उनका ब्याण्ड जोन एण्ड दि लोकल ब्याण्डको आज लाइभ कन्सर्ट हुदैछ। ब्याक बिन्स क्याफे एण्ड बार र बरदान संगितालयको संयुक्त आयोजनामा फिदिम मा.वि को खेलमैदानमा उक्त कन्सर्ट हुन लागेको हो।
आज बेलुका ८ बजेदेखी उक्त ब्याण्डको लाइभ कन्सर्ट हुने आयोजकले जनाएको छ। पूर्वका जिल्लाहरु सुनसरी, मोरङ, पश्चात पाँचथरमा पहिलो पटक यो ब्याण्डले प्रस्तुती दिन लागेको हो।
फिदिम बजारमा पर्यटकीय स्थानको प्रवर्द्धन साथै व्यावसायिक गतिबिधिमा टेवा पुर्याई …

युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा: भाइवरले महोत्सव तताउँदै

झापा, माघ १४ । युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स  अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् । उनीहरुको प्रस्तुतिले महोत्सवलाई बेग्ले रोनकता प्रदान गरेको छ । हजारौ समर्थकले उनीहरुको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन् ।
गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र  अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् । उनीहरका झापामा हजारौ हजार समर्थक छन्।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने छ ।  लाहुरे एण्ड …

सम्बाहाम्फे चोत्लुङ हरित पार्क उद्धघाटन

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा निर्माण सम्पन्न भएको सम्बाहाङ्फे चोःलुङ (हरित) पार्क उद्धघाटन गरिएको छ । पूर्व सामान्य प्रशासन राज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फेले शिलालेख अनावरण गरेर हरित पार्कको उद्धघाटन गरेका थिए। सम्बाहाम्फेले चोःलुङ (हरित) पार्क उद्धघाटन समारोहमा सम्बोधन गर्दै गाउँपालिका र वडाका जनप्रतिनिधिले दिनरात खटेर पार्क निर्माणमा दिएको योग्दानको विषयमा खुलेरै प्रशंसा गरेका थिए।
पर्यटकीय सम्भावना बोकेको सम्बाहाङ्फे चोत्लुङ हरित पार्कले अन्तरिक र बाह्य पर्यटकहरुको आर्कषण बढाउने काम गरेको बताउँदै सम्बाहाङ्फेको बंशसंग सम्बन्धित रहेको ऐतिहासिकता, प्राकृतिक शौदर्यताले गर्दा चोत्लुङ पार्कको छुट्टै महत्व रहेको प्रष्ट पारे। उद्धघाटन समारोहमा …

दोकानडाँडामा दर्शकको ओइरो, मेचु धिमालले तताइन् माहोल

युद्धबहादुर बोहोरा
इलामः नेपालमा रोजगारीको अवसर नपाएर अधिकांश युवा देश बाहिर रहेको खबरे सुन्न पाइन्छ अनि यथार्त पनि यही छ। नेताले भाषण गर्ने विभिन्न राजनीतिक दलका कार्यक्रममा छिटफुट मात्रै मानिसहरुको उपस्थिति हुने गर्दछ। जे जति आफ्नो घरमा छन् उनीहरु राजनीतिक कार्यक्रममा सहभागी हुन कमै चासो राख्छन्। तर, पछिल्लो समयमा विभिन्न ठाउँमा हुने महोत्सव तथा साँगीतिक कार्यक्रममा दर्शकको भने भिड लाग्ने गरेको छ। यति धेरै मान्छे कहाँबाट कसरी आउँछन् त ? यो धेरैलाई चासोको विषय बनेको छ । यी सबै कुरा हरेक मानिसको इच्छा र चाहानामा भर पर्दछ। प्रायः संगीत मन नपराउने …

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो ।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गर्दैछ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै २ दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछ ।
यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन …