0 प्रतिक्रिया
फिदिम–४ गढीमा चासोक मेला तथा ८ औँ सुम्हालुङ मिनि म्याराथन आयोजना हुने
AI सारांश
Fast AI१. पाँचथरको फिदिम नगरपालिका–४ गढीमा चासोक मेला तथा ८ औँ सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
२. सुम्हालुङ मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
३. चासोक मेलामा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक खानाका तथा हस्तकलाका स्टलहरू राखिने आयोजकले जनाएको छ।
पाँचथर । ऐतिहासिक स्थल सुम्हालुङ गढी मन्दिर परिसर, फिदिम नगरपालिका–४ गढीमा चासोक मेला तथा ८ औँ सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
याक्थुङ लिम्बू समुदायको महान पर्व चासोक तङनामको अवसरमा यही पुस १० गतेदेखि १९ गतेसम्म विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित चासोक मेला सञ्चालन हुने आयोजक सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानका अध्यक्ष नन्द विक्रम लावतीले जानकारी दिनुभयो।
उहाँका अनुसार सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता पुस १२ गते बिहान ८ बजेदेखि पुरुष र महिलातर्फ सञ्चालन हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथमले नगद १५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव कमल लावतीले बताउनुभयो। साथै सान्त्वना पुरस्कारअन्तर्गत पुरुष ५ जना र महिला ५ जना गरी १० जनालाई पुरस्कार प्रदान गरिनेछ।
पुरुष मिनि म्याराथन ९.४ किलोमिटर दूरीको हुनेछ। यसको रुट सुम्हालुङ मन्दिरबाट सुरु भई क्याम्पस गेट हुँदै आहालगैरी जोरसाल, पल्लोटार, फिदिम बजारको ठाडो लाइन, हुलाक लाइन हुँदै नगरपालिका आउने उकालो बाटो पार गरी पुनः सुम्हालुङ मन्दिरमा समापन हुनेछ।
महिलातर्फ ५ किलोमिटर दूरीको म्याराथन आयोजना गरिनेछ। यसको रुट सुम्हालुङ मन्दिरबाट सुरु भई तुम्देनचोक हुँदै पल्लोटार जाने उकालो बाटो, नमुना लाइन, तमोर भ्याली, अस्पताल मोड हुँदै नगरपालिका आउने उकालो बाटो पार गरी पुनः सुम्हालुङ मन्दिरमै समापन हुनेछ।
चासोक मेलामा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक खानाका तथा हस्तकलाका स्टलहरू राखिने आयोजकले जनाएको छ। वर्षेनी आयोजना हुँदै आएको चासोक मेला यस वर्ष पनि सुम्हालुङ मन्दिरको प्रचार–प्रसार, आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









