- Home
- Showing Post From:-खेलकुद
खेलकुद
मनोज थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा छैटौं संस्करणको ‘कुम्मायक रनिङ गोल्ड कप २०८२’ आउँदो जेठ २ देखि ५ गतेसम्म भव्य रुपमा आयोजना हुने भएको छ। कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष “आठ वटा स्थानीय तहको सहभागिता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने नारासहित सञ्चालन गरिंदैछ।
फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण कार्यक्रम तालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा पाँचथर जिल्लाका फिदिम नगरपालिका, कुम्मायक, तुम्वेवा, फाल्गुनन्द, हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिकासहित जिल्ला बाहिरबाट म्याङलुङ नगरपालिकाले समेत अतिथि टिमको रूपमा सहभागिता जनाउनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
कार्यक्रम कुम्मायक ४ …
दिपक दुलाल, बैशाख १
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा आयोजित अन्तरजिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता आजबाट शुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलबाट केलाङ फुट्बल क्लव पत्थरी मोरङले बिजय शुरुवात गरेको छ । आयोजक तिजोक यूवा क्लव नवमीडाँडालाई १ का बिरुद्ध ४ गोलले पराजित गर्दै केलाङ फुट्बल क्लव पत्थरी मोरङले शुरुवाती बिजयसँगै सेमि फाइनलको यात्रा तय गरेको हो । आफ्नै घरेलु खेलमैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा आयोजक तिजोक यूवा क्लव पहिलो चरणको खेलबाटै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
फुट्बल प्रतियोगिताको बिजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेताले …
पाँचथर । जिल्लाको फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा आयोजित प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि सिलौटी फुलबल क्लबले जितेको छ।
फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा चैत्र २६ गते सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिलौटी एफ.सीले पौवा सारतापलाई १–० ले हराउदैँ सिलौटी विजेता बनेको हो। विजेता सिलौटी एफ.सीले उपाधिसंगै नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता पौवा सारतापले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेलको वेष्ट प्लेयर पौवा सारतापका वेगम गुरुङ , वेष्ट किपर सिलौटी एफ.सीका अनुप राई बनेका छन् भने हाइ स्कोरर सौरव नेम्बाङ बनेका छन् । उनीहरुले ट्रफि, …
पाँचथर । फिदिम नगरपालिका–१० याङनाममा सदा झै लाग्दै आइरहेको याङनाम फुङनाम मेला साथै तेस्रो याङनाम गोल्कडप प्रतियोगिता हुने भएको छ ।
याङनाम फुङनाम मेला मुल आयोजक समितिको आयोजनामा खलङगाटारमा अवस्थित इमानसिंह रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजक समितिले जनाएको छ । सदा झै नयाँ बर्षको अवसरमा लाग्दै आइरहेको मेलामा तेस्रो संस्करणको गोल्डकप प्रतियोगित हुने आयोजक याङनाम फुङनाम मेला मुल आयोजक समितिका सचिव मनेन्द्र केरुङ बताउनुभयो।
प्रतियोगिता चैत्र २७ गतेदेखी ०८२ बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले उपाधि सहित नगद २ लाख ३ हजार ३ सय ३३ प्राप्त गर्दा उपविजेता हुने …
दिपक दुलाल, चैत १२
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित नयाँ वर्ष मेला सञ्चालन हुने भएको छ।
नयाँवर्षको अवसर पारेर प्रत्येक वर्ष तिजोक युवा क्लव नवमीडाँडाले सञ्चलन गर्दै आएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम यसवर्ष २०८२ साल बैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको हो।
नयाँवर्ष २०८२ सालको अवसरमा अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता, विविध संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, स्थानीय परिकार तथा स्थानीय सामग्रीहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो।
यसैगरी चर्चित राष्ट्रिय कलाकारहरुको …
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् ।
सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिम:
गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।
डिफेन्डर: अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।
मिडफिल्डर: रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।
फरवार्ड: गिलेस्पी जंग कार्की, अन्जन विष्ट, …
पाँचथर, २ चैतः
पाँचथरको फिदिममा आयोजित पाँचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नमोवुद्ध युवा फुटवल क्लब सप्तरीले जितेको छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटवल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै नमोवुद्धले उपाधि उचालेको हो। नमोवुद्धका लागि विदेशी खेलाडी एलेक्सले ७३ औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो। प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा उपविजेतामा सिमित बन्यो।
उपाधि जितेको नमोवुद्धले रु. ११ लाख एक हजार १११ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मछिन्द्रले रु. पाँच लाख ५५ हजार ५५५ …
पाँचथर । पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा नमो बुद्ध युथ एफसी सप्तरीले चर्च बोइज यनाइटेड एफसीलाई पराजित गरेको छ।
फिदिम मा.विको खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च बोइज युनाइटेड एफसीलाई टाइबे्रकरमा ४–२ ले पराजित गर्दै नमो बुद्ध युथ क्लब फाइनलमा प्रवेश गरेको हो।
दुवै टोलि बराबरी खेलमा टुङगीएपछी खेल टाइबे्रकरमा धकेलिएको थियो। नमो बुद्ध एफसीको तर्फबाट टाइबे्रकरमा विवेक गुरुङ, आयुस मगर, अनिल मगर र विवेक राइले गोल गर्न सफल भएका थिए।
चर्च बोइजको तर्फबाट विदेशी खेलाडी तल्ला र फोफोनाले गोल गर्न सफल भएता …
पाँचथर । पथरी–११ फुटबल क्लबलाई हराउदै मछिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
फिदिम मा.विको खेल मैदानमा आज भएको पहिलो सेमिफाइल खेलमा मछिन्द्रले पथरी–११ लाई ३–१ गोलले हरायो । मछिन्द्रका विदेशी खेलाडी स्टेफेनले,अर्का खेलाडी विशाल घलान र नवयुग श्रेष्ठले समान एक एक गोल गरे।
पथरी–११ का विदेशी खेलाडी अर्मान्ड बेदमले एक गोल फर्काएका थिए। आजको मेन अफ दि म्याच मछिन्द्रका स्टेफेन बनेका छन् भने उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल फागनु २९ गते चर्च व्बोइज फुटबल क्लब काठमाडौँ र नमो बुद्ध …