0 प्रतिक्रिया
अध्यक्ष कप महिला फुटबलको उपाधिका लागि तुम्बेवा-५ र तुम्बेवा–३ भिड्ने
AI सारांश
Fast AI१. तुम्बेवा–५ हाङगुम र तुम्बेवा–३, मौवा बीच प्रतिस्पर्धा हुने भएको छ।
२. जेठ ७ गते बिहिबार १२ः३० बजे तुम्बेवा–५ हाङगुम र तुम्बेवा–३ बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
३. महिला फुटबलतर्फ विजेता टोलीले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।
मनोज थापा
पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “चौथो अध्यक्ष कप” फुटबल प्रतियोगिता अन्तर्गत वडा स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि तुम्बेवा–५ हाङगुम र तुम्बेवा–३, मौवा बीच प्रतिस्पर्धा हुने भएको छ।
मंगलबार सम्पन्न भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा हाङगुमले तुम्बेवा–४ वलनेलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। प्रतिस्पर्धात्मक खेलमा हाङगुमले एक गोलको अग्रता जोगाउँदै उपाधि नजिक पुगेको थियो।
यस्तै बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा तुम्बेवा–३ ले वडा नं. १ माथि ४–१ गोलको शानदार जित निकाल्दै फाइनल यात्रा तय गरेको छ। आक्रामक खेल प्रस्तुत गरेको तुम्बेवा–३ ले सुरुदेखिनै खेलमा पकड बनाएको थियो।
अब उपाधिका लागि तुम्बेवा–५ हाङगुम र तुम्बेवा–३ बीच जेठ ७ गते बिहिबार १२ः३० बजे रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
महिला फुटबलतर्फ विजेता टोलीले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १६ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी हात पार्ने आयोजक गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष बाबुराम खड्काले अध्यक्ष कप प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वासका साथ खेल आयोजना गरिएको बताउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









