0 प्रतिक्रिया
फिदिममा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुने
AI सारांश
Fast AI१. पाँचथरको फिदिम नगरपालिकाको आयोजनामा मेची आँखा अस्पतालको सहयोगमा आगामी २०८३ मङ्सिर ८ देखि १० गतेसम्म तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।
२. उक्त शिविरमार्फत आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क शल्यक्रियासहितको सेवा प्रदान गरिने जनाइएको छ।
३. नगर प्रमुख मित्रप्रसाद काफ्लेले 'स्वस्थ आँखा, उज्यालो जीवन' नारासहित सञ्चालन हुने शिविरबाट अधिकतम लाभ लिन नगरवासीलाई अनुरोध गरेका छन्।
मनोज थापा
पाँचथर। पाँचथरको फिदिम नगरपालिकामा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा जिल्ला अस्पताल पाँचथरमा आगामी २०८३ मङ्सिर ८ गतेदेखि १० गतेसम्म शिविर सञ्चालन हुन लागेको हो।
शिविरमार्फत आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क शल्यक्रियासहितको सेवा प्रदान गरिने जनाइएको छ। विशेषगरी शल्यक्रिया आवश्यक पर्ने आँखाका बिरामीलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको हो।
नगरपालिकाले आँखासम्बन्धी समस्या भएका बिरामीलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ। नगर प्रमुख मित्रप्रसाद काफ्लेले नगरवासीलाई लक्षित गरी सञ्चालन हुन लागेको शिविरबाट अधिकतम लाभ लिन सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।
‘स्वस्थ आँखा, उज्यालो जीवन’ भन्ने नारासहित सञ्चालन हुन लागेको शिविरले आँखासम्बन्धी विभिन्न समस्याबाट प्रभावित नागरिकलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउनुका साथै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यसअघि पनि नगरपालिकाले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँगको सहकार्य र प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर, हाडजोर्नी शिविरलगायत विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। नगरपालिकाले यस्ता कार्यक्रममार्फत नागरिकलाई स्थानीय स्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






