0 प्रतिक्रिया
त्रिवेणी युवा क्लब नेपालको अध्यक्षमा डिगम कुरुम्बाङ चयन
AI सारांश
Fast AI१. त्रिवेणी युवा क्लब नेपाल, फाल्गुनन्दको पाँचौँ अधिवेशनबाट डिगम कुरुम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
२. यसअघि अध्यक्ष रहेका वसन्त आङ्देम्बेको पछि याम कुमार कुरुम्बाङ, दिपेस आङ्देम्बे, बिबि आङ्देम्बे र ईसान कुरुम्बाङले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदहरू पाएका छन्।
३. नवनिर्वाचित कार्यसमितिले स्थानीय युवाहरूलाई एकताबद्ध गरी सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा समुदायको विकासका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पाँचथर, कात्तिक १२। त्रिवेणी युवा क्लब नेपाल, फाल्गुनन्द गाउँपालिका–६/७, वासाङ्गुको पाँचौँ अधिवेशनबाट डिगम कुरुम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। यसअघि क्लबको अध्यक्षमा वसन्त आङ्देम्बे रहनुभएको थियो।
२०८३ कात्तिक ११ गते सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा याम कुमार कुरुम्बाङ, सचिवमा दिपेस आङ्देम्बे, सहसचिवमा बिबि आङ्देम्बे र कोषाध्यक्षमा ईसान कुरुम्बाङ चयन हुनुभएको छ।
त्यसैगरी, सदस्यहरूमा सबिन कुरुम्बाङ, गगन कुरुम्बाङ, चोलुङ कुरुम्बाङ, कुस्मा आङ्देम्बे, सरगम आङ्देम्बे, बिक्रम आङ्देम्बे, सन्तोष कुरुम्बाङ, मुस्कान कुरुम्बाङ, संगम कुरुम्बाङ, ईन्द्र आले, अर्जुन चेम्जोङ, रमेश सिवा, खगेन्द्र आङ्देम्बे र आशिष कुरुम्बाङ चयन हुनुभएको छ।
क्लबले स्थानीय युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक, खेलकुद तथा रचनात्मक गतिविधिमार्फत समुदायको विकासमा योगदान पुर्याउँदै आएको छ। नवनिर्वाचित कार्यसमितिले क्लबका गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा सामाजिक तथा सामुदायिक क्षेत्रमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






