- Home
- Showing Post From:-जीवनशैली
जीवनशैली
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।
यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।
थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।
थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २औ५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।
उनी २०६३ साल भदौ ८ गते प्रहरी …
२८ फागुन, काठमाडौं
मदन बहादुर शाही साबिक दाहा गाविस वडा नम्बर ४ (हाल खाँडाचक्र नगरपालिका वडा नम्बर ६) मा जन्मिएका एक प्रतिभाशाली डेटा वैज्ञानिक, कम्प्युटर ईन्जिनियर, उद्यमी, तथा समाजसेवी हुन्। प्रविधि, वित्त, र कृत्रिम बुद्धिमत्तामा गहिरो रुचि राख्ने उनले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्।
व्यक्तिगत सफलता भन्दा समाजको भलाइ र समृद्धिलाई प्राथमिकता दिने शाहीले विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनको मेहनत, नवप्रवर्तनशील सोच, र समाजसेवाप्रति समर्पणले उनलाई एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
शैक्षिक यात्रा
मदन बहादुर शाहीले आफ्नो शैक्षिक यात्रा विद्युत इन्जिनियरिङमा डिप्लोमा हासिल गरेर …
रमेश थापा
पाँचथर:पाँचथरको फिदिम नगरपालिका–१० स्थीत खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। जनसेवा समाज पाँचथरको संयोजनमा फिदिमका युवा ब्यवसायी तथा समाज सेवी सुजन रिजाल र श्रीमती मिरा रिजालको आर्थिक सहयोगमा ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर र स्टेसनरी सामाग्री बितरण गरिएको हो।
पुष र माघको जाडोमा विद्यार्थीहरुलाई चिसोबाट बचाउनको लागि न्यानो कपडा सहित स्टेसनरी वितरण गरिएको रिजाल दम्पतीले जनाएका छन।
जनसेवा समाजका सल्लाहकार नरेन्द्र प्रसाद अधिकारीको सहकार्यमा खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर तथा स्टेसनरी सामाग्री बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।
इवारा जवेगु लिम्बु
पाँचथर। फालेलुङ –२ जोरपाटीस्थित सिद्धकाली माध्यमिक विद्यालयको ६९ औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
मंसिर ३० गते एक कार्यक्रम आयोजना गरि उक्त विद्यालयका विद्यार्थीहरुलाई मिना केरुङ र नरेन्द्रराज केरुङको पहलमा २० जोर न्यानो कपडा (ट्रेकसुट) वितरण गरिएको हो। साथै ब्याडमिन्टन प्रतियोगिताका लागि पनि ट्रफि उपलब्ध गराइएको नरेन्द्रराज केरुङले जानकारी दिनुभयो।
हाल विदेशमा वस्दै आउनुभएकी मिना केरुङले यस अघि पनि विद्यालयको भवन निर्माणको लागि ३२ हजार र फर्निचरको लागि ५० हजार आर्थिक सहयोग गर्नुभएको थियो। आफू यहि विद्यालयमा अध्ययन गरेको र आफ्नो पिताको यस विद्यायलमा ठुलो योगदान …
इवारा जवेगु ,पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका-५ डाँडागाउँका बेवारिसे बम विष्फोट पीडित परिवारलाई मंसिर १७ गते आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
गत भदौ १३ गते फालेलुङ गाउँपालिका-५ डाँडागाउ, प्राङबुङ्गमा बम विष्फोटमा परि एकै परिवारका दाजुबहिनी ११ बर्षीय दिप्सन र अढाई बर्षीया प्रिन्सा सावाको ज्यान गएको थियो। बम विष्फोटमै परि दुइ बालक ११ वर्षीय पवन राई र सात वर्षीय दिप्सन राई घाइते भएका थिए।
उनीहरु उपचारत छन् । मृतकका परिवारमा सहानुभुति र घाइते बालकहरुको जिवनरक्षा साथै थप उपचारमा सहयोग पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको दिप ज्योती युवा क्लवका निर्देशक सुनिल बान्तावाले बताउनुभयो।
वडा कार्यालयको …
ढोरपाटन (बागलुङ), १२ मङ्सिरः बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताउनुभयो। एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने अवस्था आउको उहाँको भनाइ छ। बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य …
रवीन्द्र काफ्ले
पाँचथर, ६ मङ्सिर- जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन। कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरुले कक्षा ९ भने च्याङथापूको बिष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकी समरजुङको विद्यालय कक्षा ८ सम्म मात्रै छ। खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करीव समान समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुगिन्छ । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झण्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ।
नातिनीहरु माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुशीभन्दा …
इनरुवा, ६ मङ्सिर : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्नुहुन्छ। उहाँ बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा लागिपर्नुहुन्छ। मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ। केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ।
उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोवारमा वृद्धि भएको व्यापारीले बताएका छन्। चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोवारमा वृद्धि भएको …
रमेश थापा
पाँचथर-पाँचथरको फिदिम नगरपालिका–११ का प्रेमप्रसाद श्रेष्ठलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। आर्थिक रुपमा विपन्न र अपाङ्गता भएका श्रेष्ठको नयाँ घर रणशेर गण पाँचथरका गणपती प्रमुख सेनानी निरज प्रताव राणाले सोमबार एक कार्यक्रमका बीच श्रेष्ठलाई साँचो बुझाउदै घर हस्तान्त्रण गरेका थिए।
गत असोज ११ र १२ गतेको परेको अविरल वर्षादका कारण स्थानीय फेमे खोलामा आएको बाढीले घरसहित पशुचौपाय बगाएको थियो। घर बिहिन भएका श्रेष्ठ परिवारलाई जनसेवा समाज पाँचथरको समन्वय साथै रणशेर गणका नेपाली सेनाको श्रम तथा स्थानीयवासीको सहकार्यमा नयाँ घर निर्माण गरी हस्तानत्रण गरिएको हो।
श्रेष्ठको घर निर्माण गर्न रणशेर …