+
+

विद्यार्थीका व्यावसायिक सोचलाई परिष्कृत गर्न त्रिवि इन्क्युबेसन सेन्टरमा तालिम सुरु

32 पटक हेरिएको
Clock २०८३ श्रावण २७, बुधबार २०:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. त्रिभुवन विश्वविद्यालय बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC) ले विद्यार्थीहरूमा रहेको उद्यमशीलताको विकास तथा व्यावसायिक सोचलाई परिष्कृत गर्ने उद्देश्यका साथ तीन दिने तालिम कार्यक्रम सुरु गरेको छ।
२. तालिममा विद्यार्थीहरूलाई वास्तविक व्यावसायिक विचार निर्माण गर्ने, उद्यमीहरूसँग प्रत्यक्ष सहकार्य गर्ने र परिपक्व व्यावसायिक ढाँचा तयार पार्ने अभ्यास गराइनेछ।
३. यस तालिममा त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा अध्ययनरत १९ जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

काठमाडौँ, साउन २७ — त्रिभुवन विश्वविद्यालय बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC) ले विद्यार्थीहरूमा रहेको उद्यमशीलताको विकास तथा व्यावसायिक सोचलाई परिष्कृत गर्ने उद्देश्यका साथ तीन दिने तालिम कार्यक्रम सुरु गरेको छ। पहिलो चरणको pre-incubation phase पश्चात् आयोजना गरिएको यस दोस्रो चरणको इन्क्युबेसन तालिम (Incubation Phase) “From Ideas to Impact: Building Sustainable Startups” भन्ने नाराका साथ साउन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक व्यावसायिक विचार निर्माण गर्ने, उद्यमीहरूसँग प्रत्यक्ष सहकार्य गर्ने र परिपक्व व्यावसायिक ढाँचा (Business Model) तयार पार्ने अभ्यास गराइनेछ। यसका साथै बजारको सही पहिचान, बजारीकरणका रणनीति, वित्तीय व्यवस्थापन तथा लगानीका विविध पक्षहरूमा केन्द्रित भई प्रशिक्षण प्रदान गरिने इन्क्युबेसन सेन्टरका निर्देशक प्रा. डा. ताराप्रसाद भुसालले जानकारी दिनुभयो।

व्यवसाय विकासका व्यावहारिक कार्यशालाहरू समेत समावेश गरिएको यस चरणमा सहभागी प्रशिक्षार्थीहरूले आफ्ना व्यावसायिक योजनाको कार्यान्वयन रणनीति र प्रारम्भिक लगानी (Seed Fund) को व्यवस्थापन तथा उपयोगका विषयमा विस्तृत प्रस्तुतीकरण (Presentation) दिनेछन्। उक्त प्रस्तुतीकरणका आधारमा सम्बन्धित क्षेत्रका विज्ञहरूले आवश्यक मार्गदर्शन तथा रचनात्मक सुझाव प्रदान गर्ने भएकाले तालिम उपलब्धिमूलक हुने सेन्टरका उपनिर्देशक डा. प्रमोद पौडेलले बताउनुभयो।

यस तालिममा त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा अध्ययनरत १९ जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

कार्यक्रमलाई थप प्रभावकारी र व्यावहारिक बनाउन डिजिटल नेपाल आईसीटी अवार्ड २०१८ का विजेता आदित्य राज, ‘डिजिटल बियोन्ड कम्पनी’का सगुन ढुंगाना, ‘फुलप्रसाद कम्पनी’की प्रमुख कार्यकारी अधिकृत (CEO) सुष्मा शर्मा, तथा ‘मेडिकल ल्याब’का प्रमुख कार्यकारी अधिकृत एवं गोल्छा अर्गनाइजेसनका पूर्व मार्केटिङ प्रमुख राजीव रेग्मी लगायतका अनुभवी विषयविज्ञहरूले सहजीकरण गरिरहनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win