0 प्रतिक्रिया
बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?
AI सारांश
Fast AIबागमती प्रदेशको नयाँ मुख्यमन्त्री बहादुरसिंह लामा नियुक्त भएको समाचारको ३ वटा बुँदामा सारांश निम्नलिखित हो:
१. बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्, जसले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
२. बहादुरसिंह लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी संगठनबाट सुरु भएको थियो, र त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।
३. नवनियुक्त मुख्यमन्त्री लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्, र उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। त्यसपछि उनले नेपाली कांग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ।
बसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी संगठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।
लामाको राजनीतिक करियरमा २०५४ सालमा गाविस अध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
निर्माण व्यवसायी समेत रहेका लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। यी कामले नुवाकोटलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्याउन मद्दत गरेको छ।
नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण आज बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। त्यसपछि उनले नेपाली कांग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











