+
+

झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्दै, विजेतालाई ११ लाख

49 पटक हेरिएको
Clock २०८३ मंसिर ५, शुक्रबार १५:११
-- Sponsored --

AI सारांश

Fast AI

१. मंसिर ५ देखि १२ गतेसम्म झापाको दुधे रंगशालामा नेपाल, भारत र भुटानका आठ टोलीबीच दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
२. यसपटक विजेता टोलीले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
३. प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स हो भने प्रत्येक टिकटबाट १० रुपैयाँ सामाजिक सहयोगका लागि छुट्याइने आयोजकले जनाएको छ।

मदन थापा

झापा। दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। मंसिर ५ देखि १२ गतेसम्म झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगितामा तीन देशका महिला फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ५ गते आयोजक झापा–११ र पोखराको आरएस पोखरा फुटबल क्लब आमनेसामने हुनेछन्। प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुँदैछन्।

त्यस्तै, झापा–११, आरएस पोखरा र सर्लाहीको बागमती युथ क्लबले नेपालको प्रतिनिधित्व गर्नेछन्। भारतको एभी फुटबल क्लब र भुटानको थिम्पु राभेन महिला फुटबल क्लब पनि उपाधि प्रतिस्पर्धामा सहभागी हुनेछन्।

खेलतालिका अनुसार मंसिर ६ गते त्रिभुवन आर्मी र भारतको एभी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ७ गते एपीएफ र भुटानको थिम्पु राभेन महिला फुटबल क्लब भिड्नेछन् भने मंसिर ८ गते नेपाल पुलिस र बागमती युथ क्लबबीच खेल हुनेछ। प्रतियोगिताका सबै खेल दिउँसो २ः३० बजे सुरु हुनेछन्।

पहिलो चरणका खेलपछि मंसिर ९ गते पहिलो र मंसिर १० गते दोस्रो सेमिफाइनल खेल सञ्चालन हुनेछ। दुवै सेमिफाइनलका विजेताबीच मंसिर १२ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बुका अनुसार प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताअन्तर्गत प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित खेलाडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो। यसपटक भारत र भुटानका टोलीसमेत सहभागी हुने भएपछि उपाधि प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोड्दै बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ सामाजिक सहयोगका लागि छुट्याइने आयोजकले जनाएको छ। उक्त रकम आदिवासी जनजाति नेत्रहीन संघ, झापा र अटिजम भएका बालबालिकालाई अध्ययन गराउने झापाका सरकारी विद्यालयलाई प्रदान गरिने अध्यक्ष लिम्बुले बताए। खेल अवलोकनका लागि साधारण टिकटको मूल्य एक सयदेखि पाँच सय रुपैयाँसम्म र भीआईपी टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै दुधे रंगशालाको पूर्वतर्फ अस्थायी प्यारापिट निर्माण गरिएको छ। ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी निर्माण गरिएको प्यारापिटमा प्रत्येक खेलमा करिब सात हजार दर्शक अटाउन सक्ने क्षमता रहेको छ।

प्रतियोगितालाई महिला फुटबल खेलाडीको क्षमता अभिवृद्धि र प्रोत्साहन गर्नुका साथै तल्लो तह (ग्रासरुट) बाटै फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै ग्रासरुट तहमा फुटबल प्रशिक्षण सञ्चालन गरी नयाँ खेलाडी उत्पादनमा समेत जोड दिइने आयोजकको भनाइ छ।

शिवसताक्षी नगरपालिकाको प्रवर्द्धन तथा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता मंसिर १२ गते फाइनल खेलसँगै सम्पन्न हुनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित एक करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win