+
+

१९ औँ आत्मानन्द गोल्डकप मङ्सिर ९ देखि, पहिलो खेलमै तिजोक र साविक विजेता सिरिजङ्गा भिड्ने

89 पटक हेरिएको
Clock २०८३ मंसिर २, मंगलवार १३:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. इलामको माङसेबुङमा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने १९ औँ अन्तर्राष्ट्रिय आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
२. उद्घाटन खेलमा पाँचथरको तिजोक युवा क्लब र मोरङको सिरिजङ्गा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने विजेता टोलीले तीन लाख ११ हजार १७३ रुपैयाँ नगद पुरस्कार पाउनेछ।
३. किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७३ औँ जन्मोत्सवको अवसरमा आयोजना हुने यस प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ।

सम्झना कुँवर

पाँचथर । इलामको माङसेबुङमा आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने १९ औँ संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा पाँचथरको तिजोक युवा क्लब र मोरङको सिरिजङ्गा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक आत्मा–पवित्र खेलकुद समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रङ्गशालामा हुने उद्घाटन खेल मङ्सिर ९ गते दिउँसो २ः३० बजे सुरु हुनेछ। सिरिजङ्गा स्पोर्टिङ क्लब प्रतियोगिताको अघिल्लो संस्करणको विजेता टोली हो।

प्रतियोगिताअन्तर्गत मङ्सिर १० गते सैनिक युथ क्लब झापा र मधेसा युथ क्लब सुनसरी, ११ गते युथ अफ माङसेबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङ तथा १२ गते माङसेबुङ गाउँपालिका इलाम र भारतको आरएलएस दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ।

मङ्सिर १४ गते पहिलो र तेस्रो खेलका विजेताबीच पहिलो सेमिफाइनल तथा १५ गते दोस्रो र चौथो खेलका विजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल मङ्सिर १७ गते आयोजना गरिएको छ।

आठ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद तीन लाख ११ हजार १७३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले दुई लाख ११ हजार १७३ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकिपरलाई जनही आठ हजार १७३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई जनही पाँच हजार १७३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए।

किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३ औँ जन्मोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगिता २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। जन्मोत्सवका अवसरमा फुटबल प्रतियोगितासँगै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँड हान्ने, हाँडी फुटाउने र तेक्वान्दोलगायतका विभिन्न खेलकुद गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win