+
+

याङवरकमा महिला फुटवल प्रतियोगिता सुरु

138 पटक हेरिएको
Clock २०८३ कार्तिक १३, बिहीबार १२:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको दारिम्बामा नेपाल र भारतका आठ टोलीको सहभागितामा दारिम्बा महिला फुटवल प्रतियोगिता सुरु भएको छ।
२. विजेता टोलीले रु. एक लाख ५० हजार र उपविजेताले रु. ७५ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
३. उद्घाटन खेलमा आयोजक दारिम्बा फुटवल क्लबले मंगलबारे फुटवल क्लब मोरङलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

रवीन्द्र काफ्ले

पाँचथर, १२ कात्तिकः

पाँचथरको याङवरक गाउँपालिका वडा नं. ५ दारिम्बामा दारिम्बा महिला फुटवल प्रतियोगिता आजदेखि सुरु भएको छ।

नेपालका सात र भारतको एक गरी आठ वटा महिला फुटवल टोलीको सहभागिता रहेको प्रतियोगिताको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उदघाटन गर्नुभयो। यहाँको बरबुङ खेल मैदानमा आयोजित प्रतियोगितामा आयोजकसहित मानेभञ्ज्याङ फुटवल क्लब दार्जिलिङ भारत, रेवाहाङ फेयर फुटवल क्लब धरान सुनसरी, बोधे क्रिएटिभ क्लब धनकुटा, कनकाई नगर फुटवल क्लब झापा, पद्मा फुटवल क्लब ओखलढुङ्गा, याक्थुङ फुटवल क्लब काठमाडौं र मंगलबारे फुटवल क्लब मोरङ सहभागी छन। 

दारिम्बा फुटवल क्लबले आयोजना गरेको प्रतियोगिता आगामी शनिवार सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीले रु. एक लाख ५० हजार तथा उपविजेता टोलीले रु. ७५ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक दारिम्बा फुटवल क्लबका अध्यक्ष निर्मल तावाले जानकारी दिनुभयो।

एक दशकभन्दा अघि समयदेखि नै फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले पछिल्ला वर्षहरुमा महिला फुटवल प्रतियोगिता आयोजना गरिरहेको छ । ग्रामीण भेग भएपनि महिला फुटवल खेल हेरेर मनोरञ्जन लिन उल्लेख्य दर्शकहरु प्रतियोगितास्थल पुगेका छन। 

प्रतियोगिताअन्तर्गत बुधबार भएको उदघाटन खेलमा आयोजक दारिम्बा फुटवल क्लब विजयी भएको छ। आयोजकले मंगलबारे फुटवल क्लब मोरङलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष तावाले जानकारी दिनुभयो।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win