इवारा जवेगु लिम्बु
पाँचथर । जिल्लाको सदरमुकाम फिदिममा ३ दिने निशुल्क आखाँ शिविरबाट १ हजार ४ सय ९ जना लाभान्वित भएका छन्।
हेल्प टुगेदर फाउण्डेशनद्धारा मंसिर २८ गतेदेखी ३० गतेसम्म ३ दिन निशुल्क आखा शिविर सञ्चालन गरिएको थियो। जिल्ला अस्पतालको प्राङ्गणमा गरिएको आखाँ शिविरबाट १ हजार ४ सय ९ जना लाभान्वित भएका छन्। जसमा पुरुष ५ सय ९७ जना र महिला ८सय १२ जना लाभान्वित भएका हुन। १ सय २० जनाको शल्यकृया गरिएको छ भने ६ सय १० जनालाई निशुल्क चस्मा वितरण गरिएको आयोजक हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुसील श्रेष्ठले बताए।
झापा स्थित मेचि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिबिर फिदिम नगरपालिकाको आर्थिक सहयोग सञ्चालन भएको थियो ।