0 प्रतिक्रिया
३ दिने निशुल्क आखा शिविरबाट १ हजार ४ सय ९ जना लाभान्वित
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदाहरुमा छ:
* पाँचथर जिल्लाको सदरमुकाम फिदिममा ३ दिने निशुल्क आखाँ शिविर सञ्चालन गरिएको थियो, जसमा १ हजार ४ सय ९ जना लाभान्वित भएका छन्।
* शिविरबाट १ सय २० जनाको शल्यकृया गरिएको छ, र ६ सय १० जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो।
* शिविर हेल्प टुगेदर फाउण्डेशनद्वारा सञ्चालन गरिएको थियो, जसमा झापा स्थित मेचि आँखा अस्पतालको प्राविधिक सहयोग र फिदिम नगरपालिकाको आर्थिक सहयोग थियो।
इवारा जवेगु लिम्बु
पाँचथर । जिल्लाको सदरमुकाम फिदिममा ३ दिने निशुल्क आखाँ शिविरबाट १ हजार ४ सय ९ जना लाभान्वित भएका छन्।
हेल्प टुगेदर फाउण्डेशनद्धारा मंसिर २८ गतेदेखी ३० गतेसम्म ३ दिन निशुल्क आखा शिविर सञ्चालन गरिएको थियो। जिल्ला अस्पतालको प्राङ्गणमा गरिएको आखाँ शिविरबाट १ हजार ४ सय ९ जना लाभान्वित भएका छन्। जसमा पुरुष ५ सय ९७ जना र महिला ८सय १२ जना लाभान्वित भएका हुन। १ सय २० जनाको शल्यकृया गरिएको छ भने ६ सय १० जनालाई निशुल्क चस्मा वितरण गरिएको आयोजक हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुसील श्रेष्ठले बताए।
झापा स्थित मेचि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिबिर फिदिम नगरपालिकाको आर्थिक सहयोग सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









