- Home
- Showing Post From:-समाचार
समाचार
पाँचथर, २ बैशाख
समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा अवस्थित नेपाल–भारत सीमा क्षेत्र चाररातेमा नयाँ वर्ष २०८२ को अवसर पारेर दर्जनौं गोठबाट सयौं चौंरीहरु भेला पारिएका थिए। थरीथरीका चौंरीहरु फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि छरिएका थिए। प्लाष्टिक र चित्राले चौंरीजन्य सामग्री सहित स्थानीय उत्पादनका परिकारका दर्जनौं स्टलहरुमा बनाइएका थिए। गोठहरुमै यहाँ रात विताउने आउने पर्यटकहरुका लागि बसोबासको प्रवन्ध मिलाइएको थियो। यहाँ चैत ३१ गतेदेखि नै पर्यटकहरुको उपस्थिति बाक्लिएको थियो।
उच्च पहाड भएपनि पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आज सम्पन्न भएको आठौं फालेलुङ चौंरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो। नेपाल र भारतका विभिन्न स्थानबाट …
पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको १३औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट नरेन्द्र प्रसाद अधिकारी संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अधिवेशन चैत्र २३ गतेदेखि सुरु भएको थियो भने मतगणना चैत्र २५ गते सम्पन्न भएको हो।
मतगणना अनुसार अधिकारीले ७ सय ४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी रेखा लावतीले १ सय ९४ मत प्राप्त गर्नुभयो । जम्मा ५ सय १० मतान्तरले हराउदै अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत खगेन्द्र बास्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा दिपेश गुप्ता, सूयकुमार मगर, उमानाथ अधिकारी र शिव अधिकारी …
पाँचथर । लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा सन्देश सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ।
चैत्र २२ गते शुक्रबार तेह्रथुमको लालिगुरास नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको तेस्रो संघिय महाधिवेशनले सुब्बा सहितको कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा सचितानन्द लिम्बू र महिला उपाध्यक्षमा सुजता लिम्बू चयन हुनुभएको छ। महासचिवमा जिवन लिम्बू, सचिवमा ज्ञानु केदेम र सम्पदा लिम्बू, कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष शन्देश सुब्बाले जानकारी दिनुभयो।
त्यस्तै समितिका सदस्यहरुमा विना लिम्बू, मौसमी लिम्बू, धनबहादुर लिम्बू, सिंहबहादुर लिम्बू लगायत १७ सदस्यीय कार्यसमिति बनेको सुब्बाले जानकारी दिनुभयो। विधान अनुसार २१ सदस्यीय समितिमा सबै …
पाँचथर । अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति पाँचथरले चैत्र ५ गते भएको स्ववियु निर्वाचनका उम्मेद्वारलाई सम्मान गरेको छ।
अखिल क्रान्तिकारी पाँचथरले जिल्लाका चार ओटै क्याम्पसमा पुगेर स्ववियु निर्वाचनका विजेता उपविजेता उम्मेद्वारलाई सम्मान गरेको हो ।
पाँचथरका चार ओटा क्याम्पस (पाँचथर बहुमुखी क्याम्पस, थर्पु क्याम्पस, यासोक क्याम्पस र रवि क्याम्पस) मध्ये रवि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल र यासोक क्याम्पसमा सभापति, कोषाध्यक्ष र सदस्यका उम्मेद्वार विजयी भएका थिए।
थर्पु क्याम्पस र पाँचथर बहुमुखी क्याम्पसमा चैत्र २० गते एक कार्यक्रम गरि उक्त उम्मेद्वार विधार्थीहरुलाई सम्मान गरिएको अखिल क्रान्तिकारी पाँचथरका अध्यक्ष चित्रकला हाङसरुम्बाले बताउनुभयो। त्यस्तै यासोक क्याम्पसमा चैत्र …
पाँचथर । फालेलुङ गाउँपालिका वडा नं ३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा आयोजित दोस्रो फालेलुङ महोत्सवमा महिला मिनि म्याराथन प्रतियोगिताको उपाधि मिक्लाजुङकी पुस्पा शेर्माले उचालेकी छिन्।
प्रतियोगिताको रुट थाप्लिको सिर्लिङगी टारदेखी शुरु भई तिनसिमाना पुगेर पुनः सोही स्थानमा फर्किनुपर्ने थियो। उक्त १० किलोमिटरको रुट उनले १ घण्टा ९ मिनेटमा पार गर्दै उपाधी जितेकी हुन।
तिनसिमाना जनसेवा समाजले आयोजना गरेको महोत्सव चैत्र १८ गतेदेखी २३ गतेसम्म सञ्चालन भएको थियो। महोत्सव संगै आयोजना भएको महिला मिनि म्याराथनमा फालेलुङ–६ की सरला राईले १ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो स्थान हासिल गरेकि …
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन।
“धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइ दिनुहोला,” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीका अनुसार खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत …
पाँचथर, २० चैतः
नयाँ वर्ष वि.स. २०८२ को अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौं चौंरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौंरी संस्कृतिको सम्वद्र्धनमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो ।
फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवको स्थानीय ब्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरु समेत रहेका छन ।
महोत्सवमा छ सयवटा भन्दा बढी चौंरी प्रदर्शन गरिनुका साथै याक दौड प्रदर्शन हुनेछ । महोत्सवमा चौंरीजन्य सामग्रीहरु, स्थानीय घरेलु उत्पादनहरु, हिमाली …
पाँचथर। प्रेमवाद दर्शनका प्रतिपादक स्वामी डा.वाल तपस्वी सत गुरु ओमनन्दको ४५ औँ जन्यजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।
रक्तदान नै जिवन दान हो भन्ने नाराको साथ हेभेन्ली निर्माण पाथ पाँचथरको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो। चैत्र १७ गते आइतबार फिदिम–२ महानन्दचौकस्थित सेमीच्योङ भवनमा गुरुको जन्मजयन्तीको अवसरमा २० जनाले रक्तदन गरेका थिए।
धर्म दर्शनका अनुसार गुरुले बर्डथे सेलिबे्रट नगर्नू बरु सेवाको काम गर्नू भन्नुभएकोले उहाँको प्रत्येक जन्मजयन्तीमा सेवाको कार्यनै गर्ने गरेको हेभेन्ली निर्माण पाथ पाँचथरका अध्यक्ष भक्तिमाया मगरले बताउनुभयो।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट ६० जना प्रेमबाद दर्शनार्थीहरुको …
सरोज शर्मा/पाँचथर १८ चैत्र
पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैँची आम्दानीको राम्रो स्रोत मानिन्छ। पाँचथरमा अहिले चालु अलैँची ९८ हजार प्रतिमन र राम्रोलाई एक लाख दुई हजार सम्ममा कृषकले बिक्री गरिरहेका छन । यो अन्य नगदेबालीको तुलनामा राम्रो हो। आम्दानी जसरी हुन्छ त्यसको तुलनामा कृषकलाई अलैँची जोगाउन सोही अनुसार समस्या परिरहेको छ। बगानमा आउने समस्याले सबैभन्दा मार कृषकलाई परिरहेको छ। कृषकको आर्थिक अवस्था सुधार्ने कृषि उपज बचाउने मुख्य माध्यम भनेकै गुणस्तरमा सुधार गर्नुपर्ने अलैँची बिज्ञहरुले निश्कर्ष निकालेका छन।
पाँचथरको राँकेमा आयोजित अलैँची गुणस्तर सुधार र बजारिकरण सम्बन्धी कार्यक्रममा सहभागीहरुले गुणस्तर पहिलो सर्त भएको …