0 प्रतिक्रिया
मिक्लाजुङमा शंकास्पद मृत्युको घटनामा दुई जना पक्राउ
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आहाले सिरानमा ४८ वर्षीय इन्द्रकुमार दमाईको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार २०८३ भदौ २० गते भईन्द्र राईको पाखाबारीमा दमाई लडी मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा शव फेला परेको स्थान र शवको अवस्थालाई प्रहरीले शंकास्पद मानेको थियो। मृतकको घाँटीमा कपडाको सल रहेको तथा शरीरका विभिन्न भाग र निधारमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान गर्ने क्रममा दमाईलाई उनकै घरमा बन्चरो प्रहार गरिएको र त्यसपछि घटनालाई आत्महत्याको रूप दिन खोजिएको हुनसक्ने तथ्य खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या भएको भनिएको शवलाई घरनजिकैको आल्चाको रुखमा झुण्ड्याएपछि पुनः उक्त स्थानबाट करिब ५०० मिटर तल भिरपाखामा फालिएको देखिएको छ।
अनुसन्धानका क्रममा प्रहरीले परिवर्तित नाम ०२–०८३/०८४–०४ र कानुनको विवादमा परेका बालक परिवर्तित नाम ०२–०८३/०८४–४(अ) गरी दुई जनालाई पक्राउ गरेको जनाएको छ। बालकको पहिचान खुल्ने विवरण भने गोप्य राखिएको छ।
प्रहरीले घटनामा प्रयोग भएको भनिएको बन्चरो तथा दाउसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई जिल्ला अदालत फिदिम, पाँचथरबाट पाँच दिनको म्याद थप गरी घटनाको कारण, घटनाक्रम तथा संलग्नताका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






