+
+

कुम्मायकमा समुदायमा आधारित सालक संरक्षण कार्यशाला सम्पन्न

233 पटक हेरिएको
Clock २०८३ कार्तिक २०, बिहीबार १८:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकामा VBF र KTK-BELT को सहयोगमा समुदायमा आधारित सालक संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
२. कार्यशालामा सालको जैविक महत्त्व, संरक्षणका चुनाइती र स्थानीय समूहको सहभागितामा जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
३. गाउँपालिका र VBF ले सालक संरक्षणका लागि स्थानीय तह, विद्यालय र समुदायबीच समन्वय बढाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाँचथर, १९ कार्तिकः

पाँचथरको कुम्मायक गाउँपालिकामा समुदायमा आधारित सालक संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। Vertical Biodiversity Fund (VBF) को आयोजना, KTK-BELT को आर्थिक सहयोग तथा कुम्मायक गाउँपालिकाको समन्वयमा २०८३ कार्तिक १९ गते कार्यशाला आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीको अध्यक्षतामा तथा उपाध्यक्ष महेन्द्रबहादुर खड्काको विशेष आतिथ्यतामा सम्पन्न कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यशालामा सालक संरक्षण अभियन्ता गंगा लिम्बूले सालकको जैविक विशेषता, आहार, बासस्थान, जीवनचक्र, वातावरणीय महत्त्व तथा संरक्षणका चुनौतीबारे सहजीकरण गर्नुभएको थियो। उहाँले सालकले मुख्यतः कमिला र धमिरा खाएर तिनको प्राकृतिक नियन्त्रणमा सहयोग पुर्‍याउने भएकाले पारिस्थितिक प्रणाली र वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नेपालमा चिनियाँ सालक र भारतीय सालक गरी दुई प्रजाति पाइने उल्लेख गर्दै उहाँले अवैध चोरीसिकार, तस्करी, वन विनाश, डढेलो तथा प्राकृतिक बासस्थानको विनाश सालक संरक्षणका प्रमुख चुनौती रहेको जानकारी गराउनुभयो। सालकको खपटा र मासुको अवैध व्यापारका कारण यसको अस्तित्व जोखिममा पर्दै गएको भन्दै सालकलाई भेटेको अवस्थामा समात्ने वा हानि पुर्‍याउनेभन्दा पनि सम्बन्धित निकायलाई खबर गरी सुरक्षित संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले सालक संरक्षणका लागि स्थानीय समुदायमा जनचेतना अभिवृद्धि, विद्यालय तहदेखि संरक्षण शिक्षा, सामुदायिक वनको सक्रियता तथा स्थानीय तहको अग्रसरता आवश्यक रहेको बताउनुभयो। सालक किसानको मित्रसमेत भएकाले यसको संरक्षणले कृषि प्रणाली र प्राकृतिक वातावरण दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा Vertical Biodiversity Fund (VBF) का अध्यक्ष भोजकुमार काफ्लेको समेत उपस्थिति रहेको थियो। उहाँले स्थानीय तहसँग समन्वय र सहकार्य गरी समुदायमा आधारित सालक संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्थानीयस्तरमा सालक संरक्षणबारे जनचेतना अभिवृद्धि, समुदायको क्षमता विकास तथा संरक्षणका गतिविधिमा स्थानीयवासीको सहभागिता बढाउन संस्थाले सहकार्य गर्ने बताउनुभयो।

गाउँपालिका अध्यक्षले सालक संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि, समुदायको क्षमता विकास तथा समुदायमा आधारित विभिन्न संरक्षणका कार्यक्रम सञ्चालन गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यशालामा सालक संरक्षणका लागि स्थानीय सरकार, विद्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य बढाउँदै जनचेतना अभिवृद्धि, अवैध सिकार तथा चोरी–तस्करी नियन्त्रण र समुदायमा आधारित संरक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने विषयमा छलफल तथा परामर्श गरिएको थियो। 

यसअघि पाँचथरको तुम्बेवा गाउँपालिकामा समेत मिति २०८३ कात्तिक १८ गते समुदायमा आधारित सालक संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको छ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win