+
+

कुम्मायक गोल्डकप : फालेलुङ, हिलिहाङ र म्याङलुङ नगरपालिका सेमिफाइनमा

339 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ३, शनिबार २१:०२
-- Sponsored --

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौं संस्करणको कुम्मायक गोल्डकप फुटबल प्रतियोगितामा तीन पालिका सेमिफाइनमा प्रवेश गरेका छन। आज भएको दोस्रो दिनको खेलमा क्रमश: म्याङलुङ नगरपालिका , हिलिहाङ र फालेलुङ गाउँपालिका सेमिफाइनमा प्रवेश गरेको हुन। पृथ्वी माविको खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको क्वाटर फाइनल खेलमा पाँचथरको याङवरक गाउँपालिकालाई ३–२ को अन्तरले हराउँदै तेह्रथुमको म्याङलुङ नगरपालिकाले सेमिफाइनलको यात्रा तय गरेको हो। म्याङलुङ नगरपालिका र याङवरक गाउँपालिका बीच पहिलो दिनको दोस्रो चरणको खेलमा ३–१ अन्तर थियो। समय अभावले जेठ ३ गते शनिवार भएको खेलमा ३–२ अन्तरले याङवरकलाई हराउँदै म्याङलुङ सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको दोस्रो खेलमा फिदिम नगरपालिकालाई ट्राइवेकरमा ५–३ को अन्तरले हराउँदै हिलिहाङ सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २–२ को बराबरीमा भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । त्यस्तै प्रतियोगिताको अन्तिम चरणको खेलमा तुम्बेवालाई ५–१ को फराकिलो अन्तरले हराउँदै फालेलुङ गाउँपालिकाले सेमिफाइनको यात्रा शुरक्षित गरेको छ । यो संगै क्वाटर फाइनलको समिकरण पुरा भएको छ। भोलीदेखि सेमिफाइनका खेल सुरु हुनेछन । तेस्रो दिनको सेमिफाइनल खेल हिलिहाङ र फाल्गुनन्द गाउँपालिका बीच हुनेछ । भने दोस्रो खेल म्याङलुङ नगरपालिका तेह्रथुम र फालेलुङ गाउँपालिका पाँचथर बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पाँचथरका सात र तेह्रथुमको म्याङ्लुङ नगरपालिका सहित आठ स्थानीय तहको सहभागीता रहेको प्रतियोगिता जेठ ५ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win