0 प्रतिक्रिया
ग्रीलिश र माग्युरेलाई बाहिर राख्दै युरोकप खेल्ने इङल्याण्डको टिमको घोषणा
AI सारांश
Fast AIयहाँ ३ वटा बुँदामा छोटो सारांश छ:
* इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ, जसमा केही प्रमुख खेलाडीहरू बाहिर राखिएका छन्।
* युरोकपको अन्तिम टिममा गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डको रूपमा विभिन्न खेलाडीहरू समावेश छन्।
* इङल्याण्ड समुह सी मा रहेको छ, जसमा स्लोभेनिया, डेनमार्क र सर्बिया पनि रहेका छन्, र उनीहरूले आफ्नो पहिलो खेल जुन १६ मा सर्बियाविरुद्ध खेल्ने छन्।
काठमाडौँ । इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ ।
प्रशिक्षक ग्यारेथ साउथगेटले भेट्रान डिफेन्डर ह्यारी माग्युरे र मिडफिल्डर ज्याक ग्रीलिशलाई बाहिर राख्दै युरोकपको अन्तिम टिम घोषणा गरेका हुन् । त्यस्तै जेम्स माडिसन, जाराड ब्रान्थवेट, जेम्स ट्राफोर्ड कर्टिस जोन्स र जारेल क्वानसाहलाई बाहिर राखिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडबाट खेल्ने मार्कस राशफोर्डलाई त युरोकपको प्रारम्भिक टिमबाट पनि बाहिर राखिएको थियो ।
युरोकप खेल्ने इङल्याण्डको टिम:
गोलकिपर: जोर्डन पिकफोर्ड, आरोन राम्सडेल र डीन हेन्डरसन ।
डिफेन्डर: जोन स्टोन्स, मार्क गुएही, एजरी कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाकर, लुक शा र किरन ट्रिपर ।
मिडफिल्डर: डेक्लान राइस, कोनोर गालाघर, एडम व्हार्टन, कोबी माइनू, ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड र जुड बेलिङ्घम ।
फरवार्डः बुकायो साका, फिल फोडेन, कोल पाल्मर, एन्थोनी गोर्डन, जारोड बोवेन, एबेरेची इजे, ह्यारी केन, ओली वाटकिन्स र इभान टोनी ।
यहि जुन १४ बाट जर्मनीमा शुरु हुने युरोकपमा इङल्याण्ड समुह सी मा रहेको छ । समुह सी मा इङल्याण्डसहित स्लोभेनिया, डेनमार्क र सर्बिया रहेका छन् ।
इङल्याण्डले आफ्नो पहिलो खेल जुन १६ मा सर्बियाविरुद्ध खेल्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











