Comments Add Comment

फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वोइज युनाइटेड र विराटनगर सिटी भिड्दै

इवारा जवेगु लिम्बु

पाँचथर । पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चर्च व्वोइज यूनाइटेड र विराटनगर सिटि फूटबल क्लबको खेल हुनेछ।
फिदिमस्थित फिदिम मा.वि को खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।
गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ । उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ । प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै