पाँचथर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँचथरका दुई जना युवतीहरु झापामा पक्राउ परेका छन् ।
झापाको झापा गाउँपालिका–१ लसुनेमा भारतबाट नेपाल आउदै गरेका दुई युवती लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा फिदिम नगरपालिका–४ की १९ वर्षिया रदिमा बर्देवा र सोही ठाउँकी १९ बर्षिय इन्दिरा लिम्बू रहेका छन्।
झापा प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार उनिहरुको साथबाट ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ९५ मिलिग्राम र ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरीएको हो ।
दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।