0 प्रतिक्रिया
अपडेटः कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो
AI सारांश
Fast AI१. दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ, जसमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।
२. जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो।
३. यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।
सियोल, १४ पुस । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।
दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।
कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो बिमान दुर्घटना हुदाँ कम्तीमा २८ जनाको मृत्यु भएको सुरूमा जानकारी दिएको थियो । उसका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुइ व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप बिवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









