+
+

सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो

140 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार ११:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्र्याटहरू बीच तनाव देखिएको छ।
२. ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना गरिरहेका बेला डेमोक्र्याट सदस्यहरूले अवरोध गरेका थिए।
३. ट्रम्पले डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए।

 काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला  रिपब्लिकन र डेमोक्र्याटहरू बीच तनाव देखिएको छ। ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना गरिरहेका बेला डेमोक्र्याट सदस्यहरूले अवरोध गरेका थिए।

आफ्नो भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए। ग्रिनलाई बिस्तारै सदनबाट बाहिर निस्किरहेको देखियो । यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखेका थिए।

यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्र्याटिक सदस्यहरूले विभिन्न नारा लेखिएका आफ्नो टी-शर्ट र ब्लेजर देखाएका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्केका थिए।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेका थिए।

उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए । ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win