+
+

पाँचथरमा जिल्लास्तरीय अन्तरपालिका शिक्षकमैत्री भलिबल प्रतियोगिता हुँदै

57 पटक हेरिएको
Clock २०८२ पुष ४, शुक्रबार १५:०९
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा शिक्षकहरूबीच आपसी सद्भाव र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरपालिका शिक्षकमैत्री भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
२. प्रतियोगितामा सहभागी टिममध्ये प्रथम हुनेले रु. ३० हजार र द्वितीय हुनेले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
३. टिम दर्ताका लागि रु. १,६०० इन्ट्री शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति २०८२ पौष १४ गते साँझ ५ बजेसम्म रहेको छ।

पाँचथर । पाँचथर जिल्लामा कार्यरत शिक्षकहरूबीच आपसी सद्भाव र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरपालिका शिक्षकमैत्री भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पाँचथरको आयोजनामा तथा जिल्ला भलिबल संघ पाँचथरको प्राविधिक सहयोगमा प्रतियोगिता २०८२ पौष १८ गते शुक्रबार, बिहान ८ बजेदेखि जिल्ला भलिबल संघको नयाँ कोर्टमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी टिममध्ये प्रथम हुनेले रु. ३० हजार र द्वितीय हुनेले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक टिममा ९ जना खेलाडी अनिवार्य रहनेछ भने पालिकाको नाम लेखिएको जर्सी लगाउनुपर्ने व्यवस्था गरिएको छ।

टिम दर्ताका लागि रु. १,६०० इन्ट्री शुल्क तोकिएको छ। दर्ता गर्ने अन्तिम मिति २०८२ पौष १४ गते साँझ ५ बजेसम्म रहेको आयोजक नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पाँचथरका अध्यक्ष  हरि सुवेदीले जानकारी गराउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win