0 प्रतिक्रिया
याङ्वरकको सिद्धेश्वरी आ.वि मा न्यायो कपडा वितरण
AI सारांश
Fast AI१. महेन्द्र योङ्याले पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकामा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयका ५१ जना विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गर्नुभएको छ।
२. योङ्याले आफूले सोही विद्यालयबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेको स्मरण गर्दै उक्त विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी ब्यक्त गर्नुभएको छ।
३. कार्यक्रममा विद्यालयका आठ जना विद्यार्थीहरुलाई अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।
इवारा जवेगु लिम्बु
पाँचथर । जिल्लाको याङ्वरक गाउँपालिकामा जन्मनुभएका महेन्द्र योङ्याले सिद्धेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गर्नुभएको छ।
याङ्वरक गाउँपालिका ३ मा रहेको सिद्धेश्वरी आधारभूत विद्यालय, वरिबुङका ५१ जना विद्यार्थीहरुलाई योङ्याले न्यायो कपडा वितरण गर्नुभएको हो।
पुस ७ गते आइतबार विद्यालयमा एक कार्यक्रम आयोजना गरि उक्त सामाग्री वितरण गरिएका हो। योङयाले आफूले सोही विद्यालयबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेको स्मरण गर्दै उक्त विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी ब्यक्त गर्नुभएको छ।
कार्यक्रममा विद्यायलय व्यवस्थापन समिति अध्यक्ष समीर योङ्या, शिक्षा समिति अध्यक्ष, अभिभावकहरु र विद्यालयका प्रधानाध्यापक अर्जुन गुरुङ लगायतको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीर योङ्याले महेन्द्र योङयाको यो कार्यको प्रशंसा गर्दे विद्यालयका लागि अविस्मरणीय भएको बताउनुभएको छ।
कार्यक्रममा प्रधानाध्यापक अर्जुन गुरुङले पछिल्लो समय बालबालिकाहरु निजि विद्यालयतिर आकर्षित हुदाँ सरकारी विद्यालयमा संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममै विद्यालयका आठ जना विद्यार्थीहरुलाई अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









