0 प्रतिक्रिया
त्रिशाली गोल्डकपमा साढे सात लाख नाफा
AI सारांश
Fast AI१. कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगितामा ७ लाख ५० हजार नाफा भएको छ।
२. संस्थाले प्रतियोगिता संचालन गर्न ३३ लाख ६४ हजार ७६५ रुपैयाँ संकलन गरेको थियो।
३. प्रतियोगिता संचालन गर्न देश विदेशबाट १८ लाख २६ हजार २१० रुपैयाँ संकलन भएको बताइएको छ।
रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगितामा ७ लाख ५० हजार नाफा भएको छ। कुम्मायक–१ को यलम्बर युवा सस्था यासोकले आयोजना गरेको प्रतियोगितामा ७ लाख ५० हजार नाफा भएको संस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिए।
बुधवार कुम्मायक गाउँपालिक केन्द्र यासोक स्थीत सिम्रिक होटलमा भएको पत्रकार सम्मेलन मार्फत संस्थाले प्रतियोगिताको आय–व्याय सार्वजनिक गरेको हो।
संस्थाले प्रतियोगिता संचालन गर्न ३३ लाख ६४ हजार ७६५ रुपैयाँ संकलन गरेको थियो। संकलन गरेको सहयोग रकम मध्ये २६ लाख १४ हजार ७६५ रुपैयाँ खर्च भई संस्थाको खातामा ७ लाख ५० हजार नाफा भएको लावतीले बताए। प्रतियोगिताको मुख्य प्रर्वद्धक कुम्मायक गाउँपालिका रहेको थियो। त्यस्तै प्रतियोगिता संचालन गर्न देश विदेशबाट १८ लाख २६ हजार २१० रुपैयाँ संकलन भएको बताइएको छ।
पत्रकार सम्मेलनमा कुम्मायक–१ का वडाअध्यक्ष तथा पालिका प्रवक्ता देबेन्द्र कुमार लावती र गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले खेलकुद क्षेत्रमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि खेलकुदको दिगो विकासको लागि गाउँपालिकाले काम पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रत्येक तीन वर्षमा लाग्ने त्रिशाली पुजा र मेलाको अवसरमा संचालन भएको कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप गत बैशाख १६ गतेदेखि २२ गतेसम्म संचालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









