+
+

फिदिम भेट्रान्स गोल्डकप: उपाधिका लागि आज फिदिम र रेडस्टार विर्तामोड भिड्दै

Clock २०८१ माघ १२, शनिबार १०:३८
-- Sponsored --

पाँचथर । पाँचथरको फिदिममा जारि दोस्रो संस्करणको फिदिम भेट्रान्स गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक फिदिम भेट्रान्स क्लब र रेडस्टार भेट्रान्स विर्तामोड क्लब भिड्दै छ।
आयोजक फिदिम भेट्रान्सले दुधे भेट्रान्स झापालाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै रेडस्टार भेट्रान्स विर्तामोडले बौद्ध भेट्रान्स रानिटारलाई हराउदै फाइनलको यात्रा बनाएको हो । फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ भेट्रान्स क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
गोल्डकप प्रतियोगिता माघ ९ गतेदेखी शुरु भएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ५ सय ५५ रुपैया पाउने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस