+
+

छथरलाई हराउँदै आठराई बन्यो तेस्रो नेत्र गुरागाईं स्मृति रनिङ कपको च्याम्पियन

93 पटक हेरिएको
Clock २०८३ मंसिर २, मंगलवार १८:५०
-- Sponsored --

AI सारांश

Fast AI

तेह्रथुमको म्याङ्लुङमा आयोजित तेस्रो नेत्र गुरागाईं स्मृति रनिङ कप–२०८३ को उपाधि आठराई गाउँपालिकाले जितेको छ।
फाइनलमा छथर गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै आठराईले प्रतियोगिताको च्याम्पियनको खिताब आफ्नो पक्षमा पार्न सफल भयो।
विजेता आठराईले नगद ८० हजार र रनिङ कप प्राप्त गर्दा उपविजेता छथरले नगद ५० हजारसहित ट्रफी हात पारेको छ।

मनोज थापा

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङमा आयोजित तेस्रो नेत्र गुरागाईं स्मृति रनिङ कप–२०८३ को उपाधि आठराई गाउँपालिकाले जितेको छ। फाइनलमा छथर गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै आठराई प्रतियोगिताको च्याम्पियन बनेको हो।

कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा तेह्रथुम जिल्लाका ६ स्थानीय तहका टोलीले प्रतिस्पर्धा गरेका थिए। म्याङ्लुङ नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो।

फाइनलमा आठराईले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। पहिलो सेट छथरले २५–२२ र दोस्रो सेट २५–१३ ले जितेको थियो। त्यसपछि लयमा फर्किएको आठराईले तेस्रो सेट २६–२४ र चौथो सेट ३२–३० ले जित्दै खेल २–२ को बराबरीमा पुर्‍यायो।

निर्णायक पाँचौँ सेटमा आठराईले १५–१२ को जित निकाल्दै उपाधि उचाल्यो। दुई सेटले पछि परेको अवस्थामा लगातार तीन सेट जित्दै आठराईले उपाधिमाथि कब्जा जमाएको हो।

उपाधिसँगै आठराईले नगद ८० हजार रुपैयाँ, ५७ तोला चाँदीबाट निर्मित तीन वर्षे रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता छथरले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

विजेता तथा उपविजेता टोलीसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, कार्यक्रमका अध्यक्ष तथा म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फे लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

जिल्लाका ६ स्थानीय तहबीच प्रतिस्पर्धा गराइएको प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा स्थानीय तहबीच खेलकुद मार्फत आपसी सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win