+
+

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

82 पटक हेरिएको
Clock २०८२ जेष्ठ १५, बिहीबार १५:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् ।
२. नेपाल वायुसेवा निगमले आर्थिक वर्ष २०८०÷८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सान बेहोरेको छ ।
३. सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ ।

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत बजेट घटाएका अर्थमन्त्रीले अहिले अर्को संशोधित अनुमान पेस गरेका हुन् ।

यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत, पुँजीगततर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत खर्च हुने उनको संशोधित अनुमान छ ।

आर्थिक वर्ष २०८०÷८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०÷८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर घाटा बढ्दै गएको वार्षिक समीक्षामा उल्लेख छ ।

यसैगरी  सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।

उनले भने ‘ कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिकका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ । कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरिएको हो । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।’

नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपालमा रासायनिक मलको कारखाना खोल्ने सन्दर्भमा ‘डिआइएजी इण्डष्ट्रिज जीएमबीएच’ले सम्भाव्यता अध्ययन गरेको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले सोही सम्भाव्यतालाई टेकेर उपयुक्त सुझाव दिन कार्यदल गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win