0 प्रतिक्रिया
दीपक लिम्बुका चर्चित गीतमा रातभर झुम्यो वासाँगु, सुजन र अमृताको प्रस्तुतिले थप्यो रौनक
AI सारांश
Fast AI१. पाँचथरको वासाँगु बजारमा आयोजित ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गत पाँचौँ बृहत् सांगीतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ।
२. प्रथम नेपाली ताराका विजेता दीपक लिम्बुले एक दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गरी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभयो।
३. कार्यक्रममा सुजन आङ्देम्बे र अमृता सम्बाहाम्फे लिम्बुलगायत अन्य कलाकारहरूको प्रस्तुतिमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो।
मनोज थापा
पाँचथर। फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल वासाँगु बजारमा आयोजित ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गत पाँचौँ बृहत् सांगीतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ।

सांगीतिक साँझका मुख्य आकर्षण रहनुभएका प्रथम नेपाली ताराका विजेता तथा चर्चित राष्ट्रिय गायक दीपक लिम्बुले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभयो। उहाँले ‘कसले चोर्यो मेरो मन’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले त्यही भएर मन पराएको’, ‘जुनको ज्योति’, ‘मुटु माग्यो तिमीले’, ‘ढाका सारी लगाउँदा उखुमै सुहाएको’ र ‘तिम्रो रूपको चर्चा छ रूपको बजारमा’ लगायत एक दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्नुभयो। दुई घण्टाभन्दा बढी समयसम्म चलेको उहाँको प्रस्तुतिमा दर्शकहरू गीतसँगै झुमेका थिए।

कार्यक्रममा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का गायक सुजन आङ्देम्बेले ‘उकाली ओराली गर्दै’, ‘बादलु केस’ लगायतका गीत प्रस्तुत गर्नुभयो। आफ्ना सिर्जना तथा सांगीतिक प्रस्तुतिमार्फत श्रोतामाझ छुट्टै पहिचान बनाउन सफल आङ्देम्बेको प्रस्तुतिले दर्शकको मन जितेको थियो।

त्यसैगरी, पाँचथरको कुम्मायक गाउँपालिका–४ की गायिका अमृता सम्बाहाम्फे लिम्बुले ‘झुम्के माया’ लगायतका गीत प्रस्तुत गर्नुभयो। आफ्ना गीत तथा सांगीतिक योगदानमार्फत गायन क्षेत्रमा पहिचान स्थापित गर्नुभएकी सम्बाहाम्फेको प्रस्तुतिले पनि सांगीतिक साँझलाई थप रौनकपूर्ण बनाएको थियो।

राष्ट्रिय तथा अन्य कलाकारहरूको सांगीतिक प्रस्तुतिमा रमाउन वासाँगु बजारमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो। त्रिवेणी युवा क्लब नेपालको आयोजनामा सञ्चालित ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गतको पाँचौँ बृहत् सांगीतिक साँझले वासाँगु बजारलाई संगीतमय बनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






