+
+

कुम्मायक माङ्हिमबाट महासंघ पाँचथरको घुम्ती बैठक सुरु, ‘यासोक घोषणापत्र’ सार्वजनिक

114 पटक हेरिएको
Clock २०८२ पुष ७, सोमबार ११:२४
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले जिल्लामा नयाँ र सिर्जनात्मक अभ्यासको थालनी गर्दै आफ्नो प्रथम घुम्ती बैठक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुम्मायक माङ्हिम (मन्दिर) परिसरमा सम्पन्न गरेको छ।
२. बैठकमा महासंघले गत एक वर्षमा सम्पन्न गरेका गतिविधि, उपलब्धि र आगामी दिनमा गर्नुपर्ने कार्यक्रम तथा योजनाबारे व्यापक छलफल गरिएको थियो।
३. घुम्ती बैठकपछि यासोक बजारस्थित कुम्मायक गाउँपालिकाको कार्यालयको सभाहलमा ‘स्थानीय तहमा सञ्चारको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

पाँचथर- नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले जिल्लामा नयाँ र सिर्जनात्मक अभ्यासको थालनी गर्दै आफ्नो प्रथम घुम्ती बैठक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुम्मायक माङ्हिम (मन्दिर) परिसरमा सम्पन्न गरेको छ।
मिति २०८२ साल पुस ०५ गते सम्पन्न उक्त बैठकमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

कुम्मायक गाउँपालिका वडा नं. १, ४ र ५ को संगमस्थलमा अवस्थित कुम्मायक माङ्हिम किरात धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका साथै सम्भावनायुक्त धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। सोही स्थलमा महासंघ पाँचथर शाखाको कार्यसमितिको घुम्ति बैठक शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरूका साथै नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र फोनिजका अध्यक्ष तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गरिएको थियो। बैठकमा महासंघले गत एक वर्षमा सम्पन्न गरेका गतिविधि, उपलब्धि र आगामी दिनमा गर्नुपर्ने कार्यक्रम तथा योजनाबारे व्यापक छलफल गरिएको थियो। सहभागी पेशागत संगठनका प्रतिनिधिहरूले महासंघको भूमिकालाई थप प्रभावकारी बनाउन सुझावहरू समेत प्रस्तुत गरेका थिए।

महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाले आफू अध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा सदरमुकाम केन्द्रित गतिविधिलाई विस्तार गर्दै जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा पत्रकारिता गतिविधि लैजाने उद्देश्यले घुम्ती बैठकको अवधारणा अघि सारिएको बताउनुभयो। कार्यालयमै सीमित बैठकभन्दा यस्ता स्थलमा कार्यक्रम गर्दा स्थानीय मुद्दा, संस्कृति र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।

घुम्ती बैठकपछि यासोक बजारस्थित कुम्मायक गाउँपालिकाको कार्यालयको सभाहलमा ‘स्थानीय तहमा सञ्चारको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। अन्तरक्रियामा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, नि. प्रमुख प्रशासकीय अधिकृत तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियापछि महासंघ पाँचथर शाखाले ७ बुँदे ‘यासोक घोषणापत्र’ सार्वजनिक गरेको छ। घोषणापत्रमा स्थानीय तहमा सञ्चार ऐन तथा सञ्चार नीति यथाशीघ्र निर्माण र कार्यान्वयन, स्थानीय तथा ग्रामीण पत्रकारिताको प्रवर्द्धन, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, मिडिया साक्षरता, पत्रकार क्षमता विकास, सामाजिक सुरक्षा तथा लोककल्याणकारी विज्ञापनको न्यायोचित वितरण सुनिश्चित गर्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।

घोषणापत्रमार्फत कुम्मायक/कुस्सायक लगायतका धार्मिक–पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचार–प्रसारका लागि पर्याप्त बजेट व्यवस्था गर्न, खानेपानीजस्ता आधारभूत पूर्वाधारको समस्या समाधान, रोजगारी सिर्जना र बसाइँसराइ न्यूनीकरणका लागि तीनै तहका सरकारको विशेष ध्यानाकर्षण गराइएको छ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले कुम्मायक माङ्हिमजस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थलमा पत्रकार महासंघको कार्यक्रम आयोजना हुनु सकारात्मक र प्रशंसनीय पहल भएको बताउनुभयो। यसता कार्यले यस ऐतिहासिक क्षेत्रको प्रचार–प्रसार र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो। साथै, गाउँपालिकाले सञ्चार नीतिको निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै नीति लागू भएपछि लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा वितरण हुने विश्वास व्यक्त गर्नुभयो।

घोषणापत्रमा महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगका लागि सबै तहका सरकारसमक्ष जोडदार माग समेत गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win