+
+

फालेलुङलाई हराउँदै सिर्जनशीलले जित्यो द्वितीय मेला भलिबलको उपाधि

136 पटक हेरिएको
Clock २०८३ कार्तिक ३०, आईतवार १९:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको वासाँगु बजारमा आयोजित ऐतिहासिक द्वितीय मेला–२०८३ को भलिबल प्रतियोगिताको उपाधि सिर्जनशील युवा क्लब कुम्मायक-२, माङ्जाबुङले फाइनलमा फालेलुङ गाउँपालिकालाई ३–१ सेटले पराजित गरी जितेको छ।
२. विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको भनेर उपविजेता फालेलुङ गाउँपालिकाले ८५ हजार ५५५ रुपैयाँसहित सम्मान प्राप्त गरेको छ।
३. उक्त मेला–२०८३ मा भलिबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारहरूको सहभागिता रहेको बृहत् सांगीतिक साँझ, मौलिक सांस्कृतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न गरिएको छ।

मदन थापा

पाँचथर। फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल वासाँगु बजारमा आयोजित ऐतिहासिक द्वितीय मेला–२०८३ को अवसरमा आयोजना गरिएको स्वर्गीय भक्ति प्रसाद कुरुम्बाङ र स्वर्गीय ऐमति सम्बाहाम्फे कुरुम्बाङ स्मृति कप खुला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधि सिर्जनशील युवा क्लब कुम्मायक-२, माङ्जाबुङले जितेको छ।

कात्तिक २५ गतेदेखि सुरु भएको ऐतिहासिक द्वितीय मेला–२०८३ को अवसरमा कात्तिक २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा फालेलुङ गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै सिर्जनशीलले उपाधि जितेको हो। कात्तिक २९ गते सम्पन्न फाइनल खेलमा सिर्जनशीलले पहिलो सेट २५–२३ ले जितेको थियो। दोस्रो सेटमा १९–२५ ले पछि परेको सिर्जनशीलले त्यसपछिका दुई सेट क्रमशः २५–१९ र २५–१७ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको थियो।

उपाधिसँगै सिर्जनशीलले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता फालेलुङ गाउँपालिकाले नगद ८५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतियोगिताका पुरस्कार प्रायोजक रुपमान कुरुम्बाङ र श्रीमती चन्द्रकुमारी लावती, फाल्गुनन्द गाउँपालिका–६ र ७ का वडाध्यक्ष तथा आयोजक त्रिवेणी युवा क्लब नेपालका अध्यक्ष डिगम कुरुम्बाङ लगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सिर्जनशील युवा क्लबका लिला डाँगी घोषित भए। त्यस्तै, उत्कृष्ट लिब्रो सिर्जनशील युवा क्लबकै कापेन राई, उत्कृष्ट सेटर सिर्जनशील युवा क्लबका विनोद कार्की, उत्कृष्ट ब्लकर फालेलुङका निरुप बस्नेत, उत्कृष्ट स्पाइकर सिर्जनशील युवा क्लबका अमृत मल्ल र उत्कृष्ट सर्भर फालेलुङका रोमन बस्नेत घोषित भए। विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको थियो। राष्ट्रिय तथा प्रदेशस्तरका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो।

त्रिवेणी युवा क्लब नेपालको आयोजनामा बलिहाङ तङ्नाम (शुभ दीपावली) को अवसरमा सञ्चालित ऐतिहासिक द्वितीय मेला–२०८३ मा भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो। ‘प्रगतिशील समाजको कामना, परिवर्तन हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजित पाँचौँ बृहत् सांगीतिक साँझमा राष्ट्रिय कलाकार दीपक लिम्बु, कलाकार सुजन आङ्देम्बे र गायिका अमृता सम्बाहाम्फे लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए। यसैगरी, केलाङ तथा धाननाच प्रतियोगिता, सिङ्खेले, येवालाङ, पालाम, हाक्पारे लगायतका मौलिक सांस्कृतिक प्रस्तुति तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। मेलामा रोटेपिङ लगायतका मनोरञ्जनात्मक खेल तथा गतिविधिले समेत दर्शक र सहभागीलाई आकर्षित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win