+
+

फोनिज पाँचथरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न, येक्तेन अध्यक्षमा निर्वाचित

151 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ माघ १, मंगलवार १०:०८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पाँचथरको पाँचौं जिल्ला अधिवेशनबाट उपेन्द्र येक्तेन अध्यक्षमा निर्वाचित भएका छन्।
* अधिवेशनबाट अजेन्द्र वाइबा तामाङ उपाध्यक्ष, सुवाश राई सचिव, शर्मिला मुखिया सह–सचिव, रजनी हाङसरुम्बा कोषाध्यक्षमा निर्वाचित भएका छन्।
* अधिवेशनमा फोनिज प्रोत्साहन पुरस्कार २०८० बाट सुवास राई र २०८१ बाट रजनी हाङसरुम्बालाई नगद पाँच-पाँच हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको थियो।

पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पाँचथरको पाँचौं जिल्ला अधिवेशनबाट उपेन्द्र येक्तेन अध्यक्षमा निर्वाचित भएका छन्।
पुस २९ गते नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनबाट उपेन्द्र येक्तेन अध्यक्षमा निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा अजेन्द्र वाइबा तामाङ, सचिव सुवाश राई, सह–सचिव शर्मिला मुखिया र कोषाध्यक्ष रजनी हाङसरुम्बा निर्वाचित भएको निर्वाचन समिति संयोजक मंगल बेघाले बताए।
त्यस्तै सदस्यमा राजकुमार इशारा राई, भिम चेम्जोङ, भूपेन योङहाङ, इच्छामाया सावाँ र तागेरा तावाहाङ निर्वाचित भएका हुन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयबोध लावती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ , रोहित आङबो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बा निर्वाचित भएका छन् भने संघीय महाधिवेशन प्रतिनिधिमा कविन्द्र शेर्मा, शन्देश सुब्बा, सेसेहाङ लावती र इवारा जवेगु लिम्बु निर्वाचित भएका छन्।
पाँचौं अधिवेशनको खुल्ला सत्रमा नवद्धित फोनिज प्रोत्साहन पुरस्कार २०८० बाट सुवास राई र २०८१ बाट रजनी हाङसरुम्बालाई नगद पाँच -पाँच हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा फोनिज संघीय लेखा समिति संयोजक चन्द्र पन्दाक थिए । प्रखुम अतिथिसंगै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष भिम बास्कोटा, नेपाल आदिवासी जानजाती महासंघ ,जिल्ला समन्वय परिषद पाँचथरका सचिव बिकेन्द्र वाइबा, किरात याक्थुङ चुम्लुङ पान्थरका अध्यक्ष सुरेन शिशिर केरुङ, प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुइटेल लगायलते शुभकामना मन्तव्य राखेका थिए ।
पाँचौं जिल्ला अधिबेशनको खुल्ला सत्र कार्यक्रम फोनिज पाँचथरका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win