+
+

‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’

19 पटक हेरिएको
Clock २०८३ जेष्ठ २, शनिबार १८:३३
-- Sponsored --

AI सारांश

Fast AI

१. बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित २५ वर्षीय राजा ठाकुर पुर्ख्यौली पेसा कपाल काट्ने (हजाम) पेसामा सक्रिय हुनुहुन्छ।
२. राजा ठाकुरले यस पेसाबाट दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहनुभएको छ।
३. उहाँले आफ्ना तीन जना साथीहरूलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिनुभएको छ।

बेलबारी (मोरङ), २ जेठः पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहुनुभएको छ।

वैदेशिक रोजगारीमा नगई २५ वर्षीय राजा पुर्ख्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहनुभएको छ। सुनसरीको दुहबी नगरपालिका–७, भलुवाका २५ वर्षीय राजा ठाकुर विगत ८ वर्षदेखि कपाल काट्ने (हजाम) पेसामा सक्रिय हुनुहुन्छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि एसएलसी उत्तीर्णलगत्तै आफूले यो पेसा अङ्गालेको राजा ठाकुर बताउनुहुन्छ । बुबा रञ्जित ठाकुर र हजुरबुबाबाट गाउँमै यो सीप सिकेका राजाले अहिले यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाउनुभएको छ।

आर्थिक अभावका कारण बीचमै पढाइ छाड्न बाध्य बन्नुुभएका राजामा पढ्ने इच्छा भने मरेको थिएन। त्यसैले ८ वर्षको अन्तरालपछि उहाँले पुनः शिक्षा हासिल गर्ने अठोट गर्नुभयो। हालै उहाँले बेलबारी–११ स्थित रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिनुभएको छ। दिनभर कैँची र काइँयोसँग खेल्ने राजा बिहान–बेलुका भने आफ्नो शैक्षिक भविष्य सुधार्न व्यस्त रहनुहुन्छ।

हाल मोरङको बेलबारी–११ स्थित मामा शिवनाथ ठाकुरको सैलुनमा काम गरिरहेका राजाले यस पेसाबाट सम्मानजनक आम्दानी गरिरहेको बताउनुहुन्छ । “दैनिक एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कमाई हुन्छ”, उहाँ भन्नुहुन्छ, “आफ्नै माटोमा पसिना बगाउन सके विदेशमा भन्दा राम्रो कमाई यहीँ सम्भव छ।” उहाँले आफू मात्र कमाउनुहुन्न, आफ्ना तीन जना साथीहरूलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिनुभएको छ। चार जनाको परिवार (बुबा, आमा, बहिनी र आफू) को जिम्मेवारी सम्हाली रहनुभएका उहाँलाई आफ्नो काममा गर्व छ।

धेरै युवा साथीहरू राहदानी बोकेर म्यानपावर धाइरहेका बेला राजाको सोच भने फरक छ। उहाँ भन्नुहुन्छ, “म विदेश जान्नँ, बरु यही पेसालाई थप आधुनिक बनाएर स्वदेशमै केही गर्ने ऊर्जाका साथ अघि बढिरहेको छु ।” पुख्र्यौली पेसालाई लाजको विषय नबनाई सीप र मिहिनेत गर्ने हो भने आर्थिक समृद्धिका लागि विदेशिनु पर्दैन भन्ने गतिलो सन्देश राजा ठाकुरले दिनुभएको बेलबारी उद्योग वाणिज्य सङ्घका सचिव रूपेश श्रेष्ठ बताउनुहुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win