0 प्रतिक्रिया
३ दिने सुन्तलाजात फलफुल नर्सरी व्यवस्थापन तालीम सम्पन्न
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* फिदिम नगरपालिका–२ ओदीनमा तिन दिने सुन्तलाजात फलफुलको नर्सरी व्यवस्थापन तालीम सम्पन्न भएको छ ।
* प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ताप्लेजुङ प्राविधिक इकाई पाँचथरको आयोजनामा जेठ १२ गतेदेखी १४ गते सम्म ३ दिने सुन्तलाजात फलफुलमा जोनको नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो ।
* समापन कार्यक्रममा मन्तव्य राख्दै सुन्तला जोन ब्यवस्थापन समिति अध्यक्ष अमर आङ्देम्बेले प्रदेश १ मा पाँचथर जिल्लालाई पहिलो सुन्तला उत्पादन केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।
पाँचथर । फिदिम नगरपालिका–२ ओदीनमा तिन दिने सुन्तलाजात फलफुलको नर्सरी व्यवस्थापन तालीम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ताप्लेजुङ प्राविधिक इकाई पाँचथरको आयोजनामा जेठ १२ गतेदेखी १४ गते सम्म ३ दिने सुन्तलाजात फलफुलमा जोनको नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन प्राविधिक इकाई पाँचथर कृषि अधिकृत बिप्लब श्रेष्ठ र कृषि प्राबिधिक कैलाश न्यौपानेको सहजीकरणमा प्रशिक्षार्थीहरुले प्रयोगात्मक रुपमा नै नर्सरी व्यवस्थापन तालिम लिएका थिए।
तिन दिने सुन्तलाजात फलफुलमा नर्सरी व्यवस्थापन तालिममा जिल्लाका कृषि सहकारी तथा कृषक संस्थाका प्रतिनिधिहरु गरि ३३ जनाको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा मन्तव्य राख्दै सुन्तला जोन ब्यवस्थापन समिति अध्यक्ष अमर आङ्देम्बेले प्रदेश १ मा पाँचथर जिल्लालाई पहिलो सुन्तला उत्पादन केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा फिदिम नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिनानाथ अधिकारी रहनुभएको थियो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाई ताप्लेजुङ कार्यालय प्रमुख कासिराम पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









