0 प्रतिक्रिया
तेह्रथुमको फेदापमा मझौ गुफा माघेनी मेला शुरू
AI सारांश
Fast AIतेह्रथुम फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ हाङ्स्रोङमा माघ १ गते देखि मझौ गुफा माघेनी मेला २०८१ शुरू भएको छ । यस मेला माघ ४ गते सम्म सन्चालनमा रहनेछ । बुधबार मेलाको भव्य उद्घाटन भयो । फेदाप गाउँपालिकाका अध्यक्ष केशब भेटवालको प्रमुख आथित्यता, मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङको विशिष्ट आतिथ्यता, प्रमुख जिल्ला अधिकारी मीना अर्यालको विशेष आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।
मेलामा खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताका साथै वृहत सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुनेछन । पालिका स्तरीय भलिबल प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । बिजेताले १ लाख १ हजार १११ र उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्नेछन ।
प्रतियोगितात्मक खेल माघ २ गते देखि हुनेछन । पहिलो खेल बिहान ९ बजे फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिका बिच हुनेछ । धार्मीक एवम पर्यटकीय स्थल मझौ गुफाको पर्यटन प्रबद्धन गर्ने मुख्य उद्येस्यका साथ भव्य र विशेष मेलाको आयोजना गरेको सिंहदेवि युवा समाजका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।
तेह्रथुम- तेह्रथुम फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ हाङ्स्रोङमा माघ १ गते देखि मझौ गुफा माघेनी मेला २०८१ सुरू भएको छ । मेला माघ ४ गते सम्म सन्चालनमा रहनेछ ।
बुधबार मेलाको भव्य उद्घाटन भयो ।फेदाप गाउँपालिकाका अध्यक्ष केशब भेटवालको प्रमुख आथित्यता,मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङको विशिष्ट आतिथ्यता,प्रमुख जिल्ला अधिकारी मीना अर्यालको विशेष आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।
सिंह देवि युवा समाजको आयोजनामा शुरू भएको मेलामा खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताका साथै वृहत सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुनेछन ।
पालिका स्तरीय भलिबल प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ ।बिजेताले १ लाख १ हजार १११ र उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्नेछन ।
प्रतियोगितात्मक खेल माघ २ गते देखि हुनेछन ।पहिलो खेल बिहान ९ बजे फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिका बिच हुनेछ ।
धार्मीक एवम पर्यटकीय स्थल मझौ गुफाको पर्यटन प्रबद्धन गर्ने मुख्य उद्येस्यका साथ भव्य र विशेष मेलाको आयोजना गरेको सिंहदेवि युवा समाजका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









