नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम
AI सारांश
Fast AIनेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा पाँचथर शाखाले आयोजना गरेको समाचार वाचन प्रतियोगितामा इवारा जबेगू प्रथम, कमल घिमिरे द्वितीय र भीमकुमार चेम्जोङ तृतीय घोषित भए। उनीहरूले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा विद्यार्थीहरू पूजा तुम्बापो, सुविज्ञा राई र साम्भवि श्रेष्ठलाई प्रोत्साहन पुरस्कारतर्फ जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डल संयोजकमा मंगल बेघा तथा सदस्यहरू खविन लुइटेल र सन्देश सुब्बा रहेका थिए।
प्रतियोगितामा १७ जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का उपस्थित रहेका थिए भने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्वअध्यक्ष लक्ष्मी गौतम, पुरस्कार प्रायोजक समाजसेवी पूर्णकुमार तुम्बापो, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती तथा पत्रकार महासंघ प्रदेशका पूर्व सदस्य गणेश साम्पाङ
पाँचथर-नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा पाँचथर शाखाले आयोजना गरेको समाचार वाचन प्रतियोगिता पाँचथर शाखाको सभाहलमा सोमबार सम्पन्न भएको छ।
प्रतियोगितामा इवारा जबेगू प्रथम, कमल घिमिरे द्वितीय र भीमकुमार चेम्जोङ तृतीय घोषित भए। उनीहरूले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। प्रोत्साहन पुरस्कारतर्फ विद्यार्थीहरू पूजा तुम्बापो, सुविज्ञा राई र साम्भवि श्रेष्ठलाई जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा वीरेन्द्र योङया, इवारा जबेगू, हिमा भण्डारी, सुशीला देवान, कृष ढुंगाना, सुनिता न्यौपाने, भीमकुमार चेम्जोङ, पूजा तुम्बापो, कमल घिमिरे, सञ्जिता नेम्बाङ, सुविज्ञा राई, कुमार खड्का, साम्भवि श्रेष्ठ, इच्छामाया साँवा, प्रेम नेपाल, चिरञ्जिवी विश्वकर्मा र तागेरा तावाहाङ गरी १७ जनाले सहभागिता जनाएका थिए।
प्रतियोगिताको निर्णायक मण्डल संयोजकमा मंगल बेघा तथा सदस्यहरू खविन लुइटेल र सन्देश सुब्बा रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का उपस्थित रहेका थिए भने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्वअध्यक्ष लक्ष्मी गौतम, पुरस्कार प्रायोजक समाजसेवी पूर्णकुमार तुम्बापो, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती तथा पत्रकार महासंघ प्रदेशका पूर्व सदस्य गणेश साम्पाङ लगायतले मन्तव्य व्यक्त गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए।
समाचार लेखन तथा वाचनमा युवा पुस्ताको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शाखाले जनाएको छ। कार्यक्रम शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories












Kam payanan patrakar le