0 प्रतिक्रिया
तस्करीको आशंकामा दुई करोडको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
AI सारांश
Fast AIनेपाली समाचार को ३ वटा बुँदामा सारांश निम्नानुसार छ:
१. पर्सा प्रहरीले भन्सार छलीको आशंकामा दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ, जसमा हार्डवेयर र औषधी लोड गरिएको थियो।
२. ट्रकमा बिल बिजकभन्दा बढीको सामान लोड गरेको सूचना आएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।
३. ती ट्रकमा करिब दुई करोड ९ लाख ६ हजार ८४२ रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, जुन तस्करीजन्य कार्य मानिन्छ।
काठमाडौं – पर्सा प्रहरीले भन्सार छलीको आशंकामा दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बुधबार राति वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
लम्सालका अनुसार राति करिब १० बजे ना४ख ९८५१ र प्रदेश २-०३-००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिक्षएको हो। वीरगन्जबाट काठमाडौं तथा विराटनगर हिँडेका ती ट्रकमा हार्डवेयर र औषधी लोड गरिएको थियो।
बिल बिजकभन्दा बढीको सामान लोड गरेको सूचना आएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको लम्सालले बताए। बिल बिजकभन्दा बढीको सामान आयात-निर्यातलाई तस्करीजन्य कार्य मानिन्छ।
ती ट्रकमा करिब दुई करोड ९ लाख ६ हजार ८४२ रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पर्सा प्रहरी तस्करी नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी कार्यालय हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











