0 प्रतिक्रिया
पेट्रोलियम पदार्थको मुल्य बृद्दी, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म
AI सारांश
Fast AIनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन आएको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुको कारण भारतबाट मूल्य बढेर आएको हो । निगमले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाएको छ । यसका साथै हवाई इन्धनको मूल्य पनि बढाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
त्यसको कारण भारतबाट मूल्य बढेर आएको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
काठमाडौं, १८ माघ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ ।
भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढेको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







