+
+

पाँचथरमा एसईई परीक्षा सञ्चालनका लागि १९ केन्द्र तोकियो

211 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ फाल्गुन २२, बिहीबार २१:४८

DCIM102MEDIADJI_0159.JPG

-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा एसइई परीक्षाको लागि १९ ओटा परीक्षा केन्द्र तोकिएको छ।
२. चैत्र ५ गतेदेखी हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि तोकिएका परीक्षा केन्द्रहरुमा विभिन्न विद्यालयका विधार्थीहरुले परीक्षा दिनेछन्।
३. यस बर्ष पाँचथरमा नियमीततर्फ २ हजार २ सय ९७ र ग्रेडबृद्धितर्फ ५ सय गरी जम्मा २ हजार ७ सय ९७ विधार्थीहरुले माध्यमिक शिक्षा परीक्षा एसईई दिनेछन्।

तस्वीर- पृथ्वी मा.वि. यासोक, पाँचथर

पाँचथर । पाँचथर जिल्लामा एसइई परीक्षाको लागि १९ ओटा परीक्षा केन्द्र तोकीएको छ। चैत्र ५ गतेदेखी हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि १९ ओटा परीक्षा केन्द्र तोकिएको छ।
तोकिएका १९ ओटा परीक्षा केन्द्रहरुमा विष्णु मा.वि च्याङ्थापु, थर्पू मा.वि थर्पू ,अमरपुर मा.वि अमरपुर,सरस्वती मा.वि मच्छेबुङ मेमेङ ,खलंगाटार मा.वि याङनाम, सिद्धदेवी मा.वि पिपलबोटे नांगीन, सिरिजंगा मा.वि गोपेटार, इधुङ मा.वि रानिटार, फिदिम माध्यमिक मा.वि, सिद्धदेवी मा.वि नवमिडाडा, पृथ्वी मा.वि यासोक, घुर्बिसेपंचमी मा.वि फाक्तेप, जयनारायण आदर्श मा.वि आङसाराङ, दुर्गा मा.वि रबि, इन्द्राणी मा.वि मौवा, आरुबोटे मा.वि मिक्लाजुङ–४, चन्द्रेवश्वर मा.वि लिम्बा, सुखबोध मा.वि फिदिम–३ र गढी मा.वि रहेको शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो।
विष्णु मा.वि च्याङथापुमा तीन ओटा विद्धालयका १ सय ४ जना विधार्थीले परीक्षा दिनेछन् भने थर्पु मा.वि थर्पूमा ४ ओटा विद्धालयका १ सय २७ जना विधार्थीले परीक्षा दिनेछन्।
त्यस्तै अमरपुर मा.वि मा ३ ओटा विद्धालयका १ सय २२ जना विधार्थीले परिक्षा लेख्नेछन्। सरस्वती मा.वि मच्छेबुङमा ८ ओटा विद्धालयका १ सय ५३ परीक्षार्थीहरुले परीक्षा लेख्नेछन्।
खलंगाटार मा.विमा ५ ओटा विद्धालयबाट परीक्षा दिने विधार्थीको संख्या १ सय ९१ रहेको छ भने सिद्धदेवी मा.वि पिपलबोटेमा ६ ओटा विद्धालयका १ सय ५५ विधार्थीले परिक्षा दिनेछन्।
सिरिजंगा मा.वि गोपेटारमा सवैभन्दा धेरै १० ओटा विद्धालयका २ सय ३ विधार्थीहरुले परिक्षा दिनेछन्। इथुङ मा.वि रानिटारमा ८ ओटा विद्धालयका ३ सय १७ विधार्थीले परिक्षा लेख्नेछन् । फिदिम मा.विमा पनि ८ ओटा विद्धालयका २ सय ४६ विधार्थीहरुले परिक्षा दिनेछन्।
सिद्धदेवि मा.वि नवमिडाडामा ५ ओटा विद्धालयका १ सय ५० जना विधार्थीहरुले परीक्षा लेख्दैछन् । पृथ्वी मा.वि यासोकमा परीक्षा लेख्ने परीक्षार्थिहरको संख्या १ सय १५ रहेका छन् भने विद्धालयको संख्या ५ ओटा छ।
त्यस्तै घुर्बिसेपञ्चमी मा.वि फाक्तेप परीक्षा केन्द्रमा ५ ओटा विद्यालयका जम्मा ६५ जना परीक्षार्थीहरु रहेका छन् । जयनारायण आदर्श मा.वि आङसाराङमा भने ३ ओटा विद्धालयका ७१ विधार्थीहरुले परीक्षा दिनेछन्।
दुर्गा मा.वि रविमा ६ ओटा विद्धालयका ८१ जना विधार्थीहरु रहेका छन् भने इन्द्राणी मा.वि मौवामा ६ ओटा विद्धालका १ सय ४४ जना विधार्थीहरु परिक्षार्थी रहेका छन् ।
आरुबोटे मा.वि परीक्षा केन्द्रमा ३ ओटा विद्धालयका ७७ विधार्थीहरुले परिक्षा दिनेछन्। चन्दे्रश्वर मा.वि खान्द्रोङमा भने ४ ओटा विद्धालयका ९५ जना परीक्षार्थीहरु रहेका छन्।
सुखबोध मा.वि परीक्षा केन्द्रमा ३ ओटा विद्धालयका १ सय ८२ जना परिक्षार्थीहरु रहेका छन् भने गढी मा.वि फिदिम ४ मा जम्मा ७ ओटा मा.विका १ सय ९९ जना विधार्थीहरुले परीक्षा दिनेछन्।
यस बर्ष पाँचथरमा नियमीततर्फ २ हजार २ सय ९७ र ग्रेडबृद्धितर्फ ५ सय गरी जम्मा २ हजार ७ सय ९७ विधार्थीहरुले माध्यमिक शिक्षा परीक्षा एसईई दिने शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख भट्टराईले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win