0 प्रतिक्रिया
क्रिस्टियानो रोनाल्डो चाडैँ बिबाह बन्धनमा बाधिदै, गरे प्रेमिकासँग इन्गेजमेन्ट
AI सारांश
Fast AI१. क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले छिट्टै विवाह गर्ने भएका छन्।
२. जर्जिनाले इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन्, जसमा उनी र रोनाल्डो हात समातिरहेको देखिन्छ र उनको हातमा एउटा चम्किलो इन्गेजमेन्ट औंठी छ।
३. रोनाल्डो र जर्जिना ८ वर्षदेखि सँगै बस्दैँ आएका छन् र उनीहरुले ४ सन्तान छन्।
रियाद, २७ साउन । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् ।
हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन, जसले अहिले इन्टरनेटमा हलचल मच्चाएको छ । वास्तवमा लामो समयदेखि उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो, जसमा जर्जिनाले पूर्णविराम लगाएकी थिइन् । उनले इन्गेजमेन्टको खबर पुष्टी गरेकी छिन् ।
पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र मोडल जर्जिना रोड्रिग्वेज ८ वर्षदेखि सँगै बस्दैँ आएका छन् । उनीहरुले २०१६ मा डेटिङ सुरु गरेका थिए। रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन्। सन् २०१७ मा सरोगेसी मार्फत सन्तान (इभा मारिया र माटेओ) को जन्म भएको थियो, अलानाको पनि २०१७ मा जन्म भएको थियो। बेला नामक छाेरी २०२२ मा जन्मिएकी थिइन्, उनको छोरोको जन्म पछि नै मृत्यु भयो। रोनाल्डोको एक जेठो छोरा (रोनाल्डो जूनियर) पनि छन्, जसको आमाका बारेमा कसैलाई पनि थाहा छैन्।
क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एक पोस्ट पोष्ट गरेकी छिन्, जसमा उनी र रोनाल्डो हात समातिरहेको देखिन्छ । जर्जिनाको हातमा एउटा चम्किलो औंठी छ, जुन इन्गेजमेन्टको औंठी हो। उनले क्याप्सनमा लेखेकी छिन्, ‘हो, मैले निर्णय गरेको छु ।’ यो तस्बिर साउदी अरबको राजधानी रियादको हो, उनले पोस्टमा लोकेशन पनि सेयर गरेकी छिन् । यसपछि प्रयोगकर्ताले उनलाई बधाई दिन थालेका छन् ।
इङ्लिस मिडियाका अनुसार सन् २०२५ मा क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलर छ। रोनाल्डोको आधार तलब करिब २० करोड डलर छ । उनले विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउँछन्। सन् २०२२ मा उनले साउदी टोलीसँग ६० करोड डलरको सम्झौता गरेका थिए, जसलाई यो वर्ष २०२७ सम्म थप गरिएको छ । क्लबले रोनाल्डोसँग करिब ६२० मिलियन डलरमा दुई वर्षका लागि सम्झौता गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











