+
+

द्वितीय मेला भलिबलको उपाधिका लागि सिर्जनशील र फालेलुङ भिड्दै

148 पटक हेरिएको
Clock २०८३ कार्तिक २९, शनिबार ०७:२७
-- Sponsored --

AI सारांश

Fast AI

१. ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गत खुला नकआउट पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लब कुम्मायक-२, माङ्जाबुङ र फालेलुङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
२. सेमिफाइनल चरणमा सिर्जनशील युवा क्लबले फाक्तेप युथ क्लब र फालेलुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
३. प्रतियोगिताको फाइनल खेलसँगै आज मेलाको समापन कार्यक्रम पनि आयोजक त्रिवेणी युवा क्लब नेपालद्वारा सञ्चालन गरिनेछ।

मनोज थापा

पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल वासाँगु बजारमा जारी ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गत खुला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज सिर्जनशील युवा क्लब कुम्मायक-२, माङ्जाबुङ र फालेलुङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।

कात्तिक २७ गते सम्पन्न सेमिफाइनल खेलबाट दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्। पहिलो सेमिफाइनल खेलमा सिर्जनशील युवा क्लबले फाक्तेप युथ क्लब फाल्गुनन्दलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, दोस्रो सेमिफाइनलमा फालेलुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकालाई सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

स्वर्गीय भक्ति प्रसाद कुरुम्बाङ र स्वर्गीय ऐमति सम्बाहाम्फे कुरुम्बाङको स्मृतिमा त्रिवेणी युवा क्लब नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेल आज (कात्तिक २८ गते) बिहान ११ः३० बजे वासाँगु बजारमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद ८५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट लिब्रो, सेटर, ब्लकर, स्पाइकर र प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

ऐतिहासिक द्वितीय मेला–२०८३ अन्तर्गत सञ्चालन भइरहेको प्रतियोगिताको फाइनलसँगै आज मेला समापन कार्यक्रमसमेत आयोजना हुने आयोजक त्रिवेणी युवा क्लब नेपालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win