+
+

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

250 पटक हेरिएको
Clock २०८२ चैत्र २७, शुक्रबार २२:२०
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:

१. पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।

२. प्रतियोगितामा यलम्बर युवा संस्था (आयोजक), पाँचथर फुटबल क्लब पाँचथर, रोयल जुदाह फुटबल क्लब काठमाडौं, झापा–११ फुटबल क्लब झापा, पथरी–११ एफ.सी. मोरङ, मरिक एफ.सी. धरान, रेडहर्स फुटबल क्लब इलाम र कर्णसिं सोनाम ताप्लेजुङ सहित विभिन्न प्रतिष्ठित क्लबहरूको सहभागिता रहनेछ।

३. प्रतियोगितामा प्रथम पुरस्कार रु. ४,२५,५५५ र दोस्रो पुरस्कार रु. २,१२,७७७ रहनेछ, साथै व्यक्तिगत विधागत पुरस्कारहरूमा प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाईएस्ट स्कोरर, बेस्ट कोच, राइजिङ प्लेयर, म्यान अफ द म्याच र फ्यान अफ द म्याचका लागि विभिन्न पुरस्कारहरू रहनेछ।

मनोज थापा

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका को केन्द्र यासोक बजार स्थित पृथ्वी मा.वि.को खेलमैदानमा दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। यलम्बर युवा संस्था, कुम्मायक–१, पाँचथरको आयोजनामा हुने उक्त प्रतियोगिता यलम्बरको शान, कुम्मायकको पहिचान भन्ने नारा सहित पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परापूर्वकालदेखि प्रत्येक तीन/तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम (त्रिशाली पूजा) तथा मेलाको अवसरमा कुम्मायक कुस्सायक धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने साथै  स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

उक्त प्रतियोगिताबारे शुक्रबार कुम्मायक गाउँपालिका–१, यासोकमा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो। यलम्बर युवा संस्थाका अध्यक्ष विवश लावती ले प्रतियोगिताको अनुमानित खर्च रु. ३९,१८,३३२ रहेको जानकारी दिएका छन्।

प्रतियोगितामा यलम्बर युवा संस्था (आयोजक), पाँचथर फुटबल क्लब पाँचथर, रोयल जुदाह फुटबल क्लब काठमाडौं, झापा–११ फुटबल क्लब झापा, पथरी–११ एफ.सी. मोरङ, मरिक एफ.सी. धरान, रेडहर्स फुटबल क्लब इलाम र कर्णसिं सोनाम ताप्लेजुङ सहित विभिन्न प्रतिष्ठित क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी क्लबहरूले अधिकतम ४ जना विदेशी खेलाडीसमेत सहभागी गराउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. ४,२५,५५५ र दोस्रो पुरस्कार रु. २,१२,७७७ रहनेछ। त्यसैगरी व्यक्तिगत विधागत पुरस्कारहरूमा प्लेयर अफ द टुर्नामेन्ट रु. १५,०००, बेस्ट गोलकिपर रु. १०,०००, बेस्ट डिफेन्डर रु. १०,०००, बेस्ट मिडफिल्डर रु. १०,०००, बेस्ट फरवार्ड रु. १०,०००, हाईएस्ट स्कोरर रु. १२,०००, बेस्ट कोच रु. ७,०००, राइजिङ प्लेयर रु. १०,०००, म्यान अफ द म्याच (प्रत्येक खेल) रु. ७,००० तथा फ्यान अफ द म्याच (प्रत्येक खेल) रु. १,५०० पुरस्कार रहनेछ।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परापूर्वकालदेखि प्रत्येक तीन/तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम (त्रिशाली पूजा) तथा मेला २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। सोही अवसरमा प्रतियोगिता हुन लागेको हो।

तीन वर्षको अन्तरालमा आयोजना हुने यस धार्मिक तथा सांस्कृतिक पर्वमा कुम्मायक र कुस्सायक माङद्वारा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। पूजाअर्चना, खेलकुद प्रतियोगिता, सांगीतिक तथा सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रवर्द्धकका रूपमा कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक पाँचथर रहनेछ। साथै जिल्लास्थित स्थानीय तहहरू, Ncell Nepal, सिजी ब्रोअरी, हिमालयन ब्रोअरी लिमिटेड काठमाडौं, सानमिगेल बियर, आईएमई, विभिन्न संघ–संस्था, देश तथा विदेशमा रहेका सहयोगी व्यक्ति तथा गेट टिकटबाट संकलित रकममार्फत प्रतियोगिताका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

  • Madan Shahi April 15, 2026

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win