+
+

कविलाले–पिपलबोटे सडक निर्माण अलपत्र ठेक्का लिएर छाड्ने प्रवृत्तिले ६० लाख बजेट फ्रिज

8 पटक हेरिएको
Clock २०८३ बैशाख ४, शुक्रबार १२:३१
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिका–५ स्थित कविलाले–पिपलबोटे सडक स्तरोन्नतिको लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
२. थ्री लक्ष्मी निर्माण सेवाले ५० लाख रुपैयाँमा ठेक्का लिएर काम सुरु गरे पनि निर्धारित मापदण्ड र समयसीमा भित्र कार्य सम्पन्न नगरेको पाइन्छ।
३. सडकको ट्याक खोल्ने, सोलिङ, ग्याभिङ र नाली निर्माण गर्नुपर्ने भए पनि केही भाग अधुरो, केही स्थानमा गुणस्तरहीन काम गरिएको छ।

मनोज थापा, पाँचथर

पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थित कविलाले–पिपलबोटे सडक स्तरोन्नतिको लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर योजना छनोटदेखि कार्यान्वयनसम्मका सबै चरणमा लापरवाही देखिँदा ६० लाख रुपैयाँ फ्रिज हुनुका साथै सडक अलपत्र परेको छ।

सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएको थ्री लक्ष्मी निर्माण सेवाले ५० लाख रुपैयाँमा ठेक्का लिएर काम सुरु गरे पनि निर्धारित मापदण्ड र समयसीमा भित्र कार्य सम्पन्न नगरेको पाइन्छ। कम्पनीले २०८१ मंसिरमा काम थाले पनि आ.व.को अन्त्यसम्ममा केवल २० लाख बराबरको काम मात्र सम्पन्न गरेको गाउँपालिकाका सव–इन्जिनियर अर्पण लिम्बुले जानकारी दिए।

योजनाअन्तर्गत सडकको ट्याक खोल्ने, सोलिङ, ग्याभिङ र नाली निर्माण गर्नुपर्ने भए पनि केही भाग अधुरो, केही स्थानमा गुणस्तरहीन काम गरिएको छ। प्राविधिक मूल्याङ्कनमा ४० प्रतिशत प्रगति मात्र देखिएकाले पालिकाले २० लाख रुपैयाँ भुक्तानी दिएको हो। बाँकी ३० लाख ठेक्काको र ३० लाख विनियोजित बजेट खर्च हुन नसकेपछि कुल ६० लाख रुपैयाँ फ्रिज भएको हो।

योजना छनोटदेखि अनुगमनसम्म गम्भीर कमजोरीहरू देखिएको स्थानीयको आरोप छ। सस्तो मूल्यको नाममा गैरजिम्मेवार निर्माण कम्पनीलाई ठेक्का दिने प्रवृत्तिले जनताको करको पैसाको दुरुपयोग मात्र होइन, विकास निर्माणप्रतिको जनविश्वासमा गम्भीर चोट पुगेको छ।

पूर्ववडा सदस्य बीरबहादुर पाण्डे भन्छन्, “पहिलेको बाटो राम्रो थियो, अहिलेको सोलिङ माटोले पुतेको छ, फेरि कटिङ गर्दा ग्रेडिङ नमिल्दा हिँड्नै मुस्किल छ।” स्थानीय झरेन्द्र खतिवडा भन्छन्, “ठेक्का पाउनु र जिम्मेवारीपूर्वक काम गर्नु फरक कुरा हो। यहाँ त सार्वजनिक सम्पत्तिलाई खेलौना बनाइएको छ।”

प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि स्थानीयहरू उत्साहित बनेका थिए। तर ठेक्का लिएर काम नगर्ने प्रवृत्ति, कमजोर प्राविधिक निगरानी, र पालिकाको प्रभावकारी अनुगमन अभावले गर्दा योजना अधुरै रहन पुग्यो। यसअघि पनि पालिकाले २०७६ देखि २०७८ सम्म १४ लाख रुपैयाँ खर्च गरेर मर्मत गरेको यो सडक, अहिले अझै बिग्रिएको अवस्थामा पुगेको छ।

यस घटनाले सार्वजनिक खरिद ऐनको कार्यान्वयन, अनुगमन संयन्त्र, निर्माण व्यवसायीको उत्तरदायित्व र योजनाको प्रभावकारी व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win